नेसपामा चर्कियो विवाद : बाबुरामले बोलाएको बैठक महिन्द्र पक्षले बहिष्कार गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने विषयमा नेपाल समाजवादी पार्टी (नेसपा)भित्र उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले अर्का अध्यक्ष महिन्द्र राय यादवसँग सल्लाह नगरी चैत ४ केन्द्रीय कार्यकारिणी समिति बैठक र ५ गते केन्द्रीय समिति बैठक बोलाएको भन्दै महिन्द्र पक्षधरले विरोध गरेका हुन् ।
बिहीबार नेसपाका महासचिव रमेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको जानकारी गरेका छन् । ‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु’, विज्ञप्तिमा उल्लेख छ ।

यसै विषयमा रातोपाटीसँग कुरा गर्दै यादवले भट्टराईले माओवादीसँग एकता गर्न नचाहेको आरोप लगाए ।‘बाबुरामजीले अर्का अध्यक्ष महिन्द्रजीसँग सल्लाह नगरी एकलौटी ढंगले केन्द्रीय कार्यकारीणी र केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । त्यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, महासचिव यादवले रातोपाटीसँग भने ।
भट्टराईले बोलाइएको बैठक स्थगित नगरे आफूहरूले बहिस्कार गर्ने उनले चेतावनी दिए । भट्टराई पछिल्लो समय माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुष्ट भएका छन् । उनले आफूहरू एकताको पक्षमा भए पनि प्रचण्डले नै एकता नचाहेको आरोप लगाएका छन् । विवादकाबिच यही माघ २० गते बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण