शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अब बहुउद्देश्यीय सहकारीको काम छैन: पूर्व अर्थमन्त्री डा.खतिवडा

बिहीबार, ०१ चैत २०८०, १६ : ०१
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अब बहुउद्देश्यीय सहकारीहरूको काम नभएको बताएका छन् । 

बिहीबार काठमाडौँमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

एउटा मात्रै काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उनको भनाइ छ । उनले बहुउद्देश्यीय सहकारीको नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीहरूको अब काम नभएको दाबी गरे । खतिवडाले अब बहुउद्देश्यीय सहकारीलाई क्षेत्रगत र उद्देश्य केन्द्रित बनाउन जरुरी रहेको बताए । 

‘एकल उद्देश्य लिएर बहुउद्देश्यीय सहकारीको नाम लिएर हिँडेर जनतालाई झुक्याउनुको काम छैन । बहुउद्देश्यीय सहकारीहरूलाई मौका दिनुपर्छ’, उनले भने, ‘उहाँहरूलाई बचत ऋण,कृषि,उद्योग र अन्य सेवा क्षेत्रमा जानुहुन्छ  भने ठिक छ । अहिलेको जसरी काम नगरौँ । केही सहकारीका साथीहरूले नेटवर्किङ गरेर जुन सहकारीलाई एक किसिमको व्यवसाय बनाउनुभएको छ । त्यस्तो भए सन् २०२५मा नै बन्द हुनेछन् ।’

पूर्व अर्थमन्त्री खतिवडाले सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीको गतिविधिको जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप