विश्व आर्थिक परिदृश्यलाई विनियोजन विधेयकले ध्यान दिन सकेन : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् प्रतिनिधि सभाका सांसद जनार्दन शर्माले विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकताले विश्व आर्थिक परिदृश्यलाई ध्यान दिन नसकेको बताएका छन् ।
बिहीबारदेखि संसद्मा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) को छलफलमा बोल्दै सांसद शर्माले पछिल्लो पटक विश्वका शक्ति राष्ट्र रुस र युक्रेन, अन्य देशहरूबिचको बढ्दो टकराब र युद्धले निम्त्याउन सक्ने आर्थिक संकटलाई नेपालले आंकलन गर्न नसकेको बताए ।
यस्तै, विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले गत कात्तिकमा पश्चिम नेपालमा गएको भूकम्पले बनाएको तहसनहस भौतिक पूर्वाधार आवासको पुनर्निर्माणको सन्दर्भमा समेत सरकारले ध्यान दिन नसकेको उनले बताए ।
विनियोजन विधेयकको पक्ष र विपक्षको तर्फबाट आफ्नो भनाइ राख्दै सांसद शर्माले पूर्वअर्थमन्त्री डा.महतले ल्याएको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले धेरै महत्त्वपूर्ण र सान्दर्भिक पक्षहरू समेट्न नसकेकाले र जिम्मेवार अर्थमन्त्री समेत फेरिसकेकाले प्रस्तुत सिद्धान्त तथा प्राथमिकता परिवर्तन गर्नुपर्ने बताए ।
पश्चिम नेपालमा गएको भूकम्पले पारेको क्षतविक्षत निर्माण क्षेत्रमा सरकारको ध्यान नगएको, विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा विश्व परिदृश्यतर्फ ध्यान जान नसकेको उनले बताए । रुस र युक्रेनबिचको युद्ध विश्वका पछिल्ला घटनाहरूले पार्न सक्ने आर्थिक संकटलाई बजेटको विनियोजन विधेयकले आंकलन गर्न नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य