विश्व आर्थिक परिदृश्यलाई विनियोजन विधेयकले ध्यान दिन सकेन : पूर्वअर्थमन्त्री शर्मा
काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् प्रतिनिधि सभाका सांसद जनार्दन शर्माले विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकताले विश्व आर्थिक परिदृश्यलाई ध्यान दिन नसकेको बताएका छन् ।
बिहीबारदेखि संसद्मा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) को छलफलमा बोल्दै सांसद शर्माले पछिल्लो पटक विश्वका शक्ति राष्ट्र रुस र युक्रेन, अन्य देशहरूबिचको बढ्दो टकराब र युद्धले निम्त्याउन सक्ने आर्थिक संकटलाई नेपालले आंकलन गर्न नसकेको बताए ।
यस्तै, विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले गत कात्तिकमा पश्चिम नेपालमा गएको भूकम्पले बनाएको तहसनहस भौतिक पूर्वाधार आवासको पुनर्निर्माणको सन्दर्भमा समेत सरकारले ध्यान दिन नसकेको उनले बताए ।
विनियोजन विधेयकको पक्ष र विपक्षको तर्फबाट आफ्नो भनाइ राख्दै सांसद शर्माले पूर्वअर्थमन्त्री डा.महतले ल्याएको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले धेरै महत्त्वपूर्ण र सान्दर्भिक पक्षहरू समेट्न नसकेकाले र जिम्मेवार अर्थमन्त्री समेत फेरिसकेकाले प्रस्तुत सिद्धान्त तथा प्राथमिकता परिवर्तन गर्नुपर्ने बताए ।
पश्चिम नेपालमा गएको भूकम्पले पारेको क्षतविक्षत निर्माण क्षेत्रमा सरकारको ध्यान नगएको, विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा विश्व परिदृश्यतर्फ ध्यान जान नसकेको उनले बताए । रुस र युक्रेनबिचको युद्ध विश्वका पछिल्ला घटनाहरूले पार्न सक्ने आर्थिक संकटलाई बजेटको विनियोजन विधेयकले आंकलन गर्न नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण