तीन दिन मात्रै चलेको लुम्बिनीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य लागि प्रदेश प्रमुखलाई पत्राचार गरेको छ । तीन दिन मात्रै चलेको तेस्रो अधिवेशन अन्त्य गर्ने अवस्थामा प्रदेश सरकार पुगेको हो ।
राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनी प्रदेश सरकारले अधिवेशन अन्त्य गर्नको लागि प्रदेश प्रमुखलाई पत्राचार गरेको छ । सभाको अर्को बैठक यही चैत ४ गतेलाई बोलाइएको थियो ।
सदनलाई बिजनेस दिन नसक्दा सरकारले अधिवेशन अन्त्य गर्ने अवस्थामा पुगेको गृहमन्त्री सन्तोष पाण्डेले रातोपाटीलाई बताए । उनले अहिले अन्त्य गरे पनि बदलिँदो समीकरणले विश्वासको मत लिनुपर्ने भए फेरि अधिवेशन आह्वान हुने खुलाए ।
यता प्रदेश प्रमुखको कार्यालय नयाँ पत्रको पर्खाइमा छ। फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएकाले चैत १ कै मितिको पत्र पठाउने गरी प्रदेश प्रमुखको कार्यालयले पत्र फिर्ता पठाएको छ। प्रदेश प्रमुख कार्यालय प्रवक्ता भूमिश्वर ढकालले पत्र आज आएको तर अझैसम्म कुनै कारबाही नभएको रातोपाटीलाई बताए । उनले संविधान अनुसार कारबाहीको प्रक्रियामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण