आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिन मात्रै चलेको लुम्बिनीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बिहीबार, ०१ चैत २०८०, १६ : ५२
बिहीबार, ०१ चैत २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य लागि प्रदेश प्रमुखलाई पत्राचार  गरेको छ । तीन दिन मात्रै चलेको तेस्रो अधिवेशन अन्त्य गर्ने अवस्थामा प्रदेश सरकार पुगेको हो । 

राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनी प्रदेश सरकारले अधिवेशन  अन्त्य गर्नको लागि  प्रदेश  प्रमुखलाई पत्राचार गरेको छ । सभाको अर्को बैठक यही चैत ४ गतेलाई बोलाइएको थियो ।

सदनलाई बिजनेस दिन नसक्दा सरकारले अधिवेशन अन्त्य गर्ने अवस्थामा पुगेको गृहमन्त्री सन्तोष पाण्डेले रातोपाटीलाई बताए । उनले अहिले अन्त्य गरे पनि बदलिँदो समीकरणले विश्वासको मत लिनुपर्ने भए फेरि अधिवेशन आह्वान हुने खुलाए ।

यता प्रदेश प्रमुखको कार्यालय नयाँ पत्रको पर्खाइमा छ। फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएकाले चैत १ कै मितिको पत्र पठाउने गरी प्रदेश प्रमुखको कार्यालयले पत्र फिर्ता पठाएको छ। प्रदेश प्रमुख कार्यालय प्रवक्ता भूमिश्वर ढकालले पत्र आज आएको तर अझैसम्म कुनै कारबाही  नभएको रातोपाटीलाई बताए । उनले संविधान अनुसार कारबाहीको प्रक्रियामा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप