प्रमुख प्रशासकीय अधिकृतमाथि जनप्रतिनिधिबाटै हातपात
काठमाडौँ । डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै हातपात गरिएको छ । बिहीबार नगरपालिकाको बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको नगरपालिकाका प्रमुख भरत बढाएर जोशीले जानकारी दिए ।
प्रमुख जोशीका अनुसार हातपात र कुटपिटका कारण प्रमुख प्रशासकीय अधिकृत जोशीको टाउकोमा चोट लागेको छ । अधिकृत जोशीमाथि नगरपालिकाका उपमेयर विमलाकुमारी बोहोरा, वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामी, वडा नम्बर १ का अध्यक्ष लालबहादुर धामी लगायतको समूहले ज्यान मार्ने उद्देश्यले सुनियोजित हमला गरी गम्भीर घाइते बनाएको परशुराम नगरपालिकाका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डडेलधुरा प्रहरीका अनुसार कार्यपालिका बैठकमा शिक्षा शाखा प्रमुख, उपप्रमुख लगायतबिच विवाद भएको थियो । शिक्षा शाखा प्रमुखबाट आफ्नो स्वार्थपूर्ति नभएका कारण यसअघि पनि पटक–पटक हातपातको प्रयास भएको कर्मचारीहरूको भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण