प्रमुख प्रशासकीय अधिकृतमाथि जनप्रतिनिधिबाटै हातपात

काठमाडौँ । डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै हातपात गरिएको छ । बिहीबार नगरपालिकाको बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको नगरपालिकाका प्रमुख भरत बढाएर जोशीले जानकारी दिए ।
प्रमुख जोशीका अनुसार हातपात र कुटपिटका कारण प्रमुख प्रशासकीय अधिकृत जोशीको टाउकोमा चोट लागेको छ । अधिकृत जोशीमाथि नगरपालिकाका उपमेयर विमलाकुमारी बोहोरा, वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर धामी, वडा नम्बर १ का अध्यक्ष लालबहादुर धामी लगायतको समूहले ज्यान मार्ने उद्देश्यले सुनियोजित हमला गरी गम्भीर घाइते बनाएको परशुराम नगरपालिकाका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डडेलधुरा प्रहरीका अनुसार कार्यपालिका बैठकमा शिक्षा शाखा प्रमुख, उपप्रमुख लगायतबिच विवाद भएको थियो । शिक्षा शाखा प्रमुखबाट आफ्नो स्वार्थपूर्ति नभएका कारण यसअघि पनि पटक–पटक हातपातको प्रयास भएको कर्मचारीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव फेला
-
सकियो हलिउड फिल्म ‘तेन्जिङ’को नेपाल छायाङ्कन
-
सप्तरीमा डकैतीपछि गोली फायरिङ र धारिलो हतियार प्रहार, एक जनाको मृत्यु, एक घाइते
-
बेपत्ता गोताखोरको बिहानैबाट खोजी सुरु
-
युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्बिरहरू)
-
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै