राष्ट्रिय वाणिज्य बैंकले व्यवस्थापन सम्मेलन आयोजना गर्ने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दिगो बैंकिङ वृद्धिको लागि व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूको बारेमा अर्थविद्, बैंकिङ्ग विज्ञ तथा उद्यमीहरूका बीचमा व्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न बैंकले व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको हो ।
सम्मेलन भोलि काठमाडौँ आयोजना हुनेछ । नेपाल सरकारका माननीय अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्ययतामा हुन लागेको व्यवस्थापन सम्मेलनमा अर्थविद् एवं माननीय डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, वरिष्ठ बैंकर्स परशुराम कुँवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ सञ्जीव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्नो धारणा राख्नेछन् ।
कार्यक्रममा अर्थविद् एवं माननीय डा. स्वर्णिम वाग्लेको कि नोट्स मन्तव्य हुने छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको सभापतित्वमा सम्पन्न हुने कार्यक्रममा करिब ४५० जनाको उपस्थिति रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण