बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेन्डर तयार गरेर काम गर्नुपर्छ: सांसद किराती (भिडियो सहित)

शुक्रबार, ०२ चैत २०८०, १२ : ३२
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेन्डर तयार गरेर काम गर्नुपर्ने बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किरातीले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्ने बताए । उनले क्यालेन्डर नै तयार गरेर दुर्घटना न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए ।

उनले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्यूनीकरणका लागि ध्यान पुर्याउन नसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप