सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार
काठमाडौँ । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्यूनतम साझा कार्यक्रममा मस्यौदा तयार पारेको छ ।
शुक्रवार बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा तयार पारेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताए । कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको उनको भनाइ छ ।
उनले साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौती समाधान,आम मानिसहरूमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको बताए । राष्ट्रलाई समृद्ध बनाउने,जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकाङ्क्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको उनको भनाइ छ ।
उनले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरूले गर्ने बताए ।
उनले भने, ‘सरकारमा सहभागी पाँच राजनीतिक दलको तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी थियो । कार्यक्रम बनाउन निरन्तर छलफलमा थियौँ । न्यूनतम साझा कार्यक्रम तयार भएको छ । आज नै कार्यदलले प्रमुख नेताहरूलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गर्छौँ ।’
उनले साझा कार्यक्रममा सुशासनलाई पनि प्राथमिकता दिएको बताए । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण