आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
स्थायी कमिटी बैठक

माओवादी केन्द्रको विधान फाइनल, स्थायी कमिटीले दियो अन्तिम रुप

शुक्रबार, ०२ चैत २०८०, १८ : ०५
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान सम्पादनसहित पारित गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधानलाई अन्तिम रुप दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

 'अधिवेशनबाट मूल स्प्रिट त पहिले नै पास भएको हो । अहिलेचाहिँ हामीले विहङ्गम रूपमा त्यसलाई समृद्ध बनाउनका लागि छलफल भएको छ । छलफलपछि विधान सम्पादन सहित फाइनल भएको छ’, उनले भने। 

यसैगरी राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । दाहाल फागुन २९ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

बैठकले नेताको कार्याविभाजन, दुई चरणको अभियान लगायत विषयमा पनि निर्णय गरेकाे सचिव दीनानाथ शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप