स्थायी कमिटी बैठक
माओवादी केन्द्रको विधान फाइनल, स्थायी कमिटीले दियो अन्तिम रुप
शुक्रबार, ०२ चैत २०८०, १८ : ०५
काठमाडौँ । माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान सम्पादनसहित पारित गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधानलाई अन्तिम रुप दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
'अधिवेशनबाट मूल स्प्रिट त पहिले नै पास भएको हो । अहिलेचाहिँ हामीले विहङ्गम रूपमा त्यसलाई समृद्ध बनाउनका लागि छलफल भएको छ । छलफलपछि विधान सम्पादन सहित फाइनल भएको छ’, उनले भने।
यसैगरी राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । दाहाल फागुन २९ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
बैठकले नेताको कार्याविभाजन, दुई चरणको अभियान लगायत विषयमा पनि निर्णय गरेकाे सचिव दीनानाथ शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण