१४ किलो सुन तस्करी प्रकरण
जीवनकुमार गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो माग दावीसहित अदालतमा मुद्दा दर्ता
शुक्रबार, ०२ चैत २०८०, १७ : २७
काठमाडौँ । १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएको छ ।
१४ किलो सुन तस्करीमा संलग्न गुरुङविरुद्ध मुद्दा दायर गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । गुरुङबारे भन्सार कार्यालयले अनुसन्धान गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वषीर्य चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।
गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण