जहाँ खुलेआम किन्न पाइन्छ बेहुला र बेहुली
शाङ्हाई । बजारमा हामी प्रायः आफ्ना आवश्यकताका चिजबिज किन्छौँ । केही स्थानमा हामीले कल्पनै नगरेको सामान पनि किन्न पाइन्छ । यति बेला सामाजिक सञ्जालमा चीनको एउटा भिडियो भाइरल भइरहेको छ । यो ठाउँमा मान्छे आफूलाई चाहिएको जस्तो बेहुला र बेहुली किन्न आउँछन् ।
यो बजार साङ्हाईमा छ । यहाँ महिलाहरू आफ्ना लागि श्रीमान् खोज्न आउँछन् भने पुरुषहरू श्रीमती खोज्न आउँछन् । यहाँ बेहुला बेहुलीको परिवारका सदस्यहरू आमा पिता, हजुर बुबा हजुर आमा समेत उपस्थित हुन्छन् । यो बजारबारे बेला बेलामा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा चर्चा भइरहेका छन् । पछिल्लो समय भने ह्यारी जर्गार्ड नाम गरेका अमेरिकी युवकले आफ्नो भेरिभाइड खाताबाट इन्ष्टाग्राममा यसबारे एउटा पोष्ट गरे पछि यसको चर्चा चुलिएको छ ।
ह्यारी स्वयम् आफ्ना लागि बेहुली खोज्न सो बजारमा गएका थिए । भिडियोमा उनले बजारमा आएका युवा युवतिहरूसँग कुराकानी समेत गरेका थिए । यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । अहिलेसम्म यो भिडियोमा १ करोड ३८ लाखभन्दा धेरै भ्युज पाइसकेको छ । सवा ४ लाख पटक भिडियो शेयर भएको छ । भिडियोमा रमाइलो रमाइलो प्रतिक्रिया आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण