ल्याबोरेटोरी स्कुलले रूख काटेर लगाएको तारबार विद्यार्थीले भत्काए
काठमाडौँ । ल्याबोरेटोरी उच्च माध्यमिक विद्यालयले लगाएको तारबार विद्यार्थीहरूले भत्काएका छन् । त्रिभुवन विश्वविद्यालयको जगामा २०५७ सालदेखि स्कुलले भोगचलन गर्दै आएको थियो ।
उक्त क्षेत्रमा रूखहरू काटेर तारबार लगाउने कार्य गर्दै आएको थियो । त्रिभुवन विश्वविद्यालयले उक्त कार्य रोक्न आग्रह गर्दै आएको थियो । तर, अटेरी गरेर रूख कटानी गरेर तारजाली तथा तारबार लगाउने कार्य नरोकेपछि विश्वविद्यालयका विद्यार्थीहरूले भत्काएका हुन् ।
त्रिभुवन विश्वविद्यालयले समेत जङ्गलको रूखहरू फडानी गरेर तारजालीको बार लगाउने कार्य तत्काल रोक्न भनेको छ । रजिस्ट्रारको कार्यालय सामान्य प्रशासन महाशाखाका प्रमुख राजकुमार श्रेष्ठले एक पत्र लेख्दै उक्त कार्य रोक्न भनेका हुन् । उक्त कार्य नरोकेको खण्डमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने उनले चेतावनी दिए ।
शिक्षा शास्त्र सङ्काय अध्ययन गर्ने विद्यार्थीलाई शिक्षण अभ्यास गराउने १३ साउन २०५७ सालमा ल्याबोरेटोरी स्कुल स्थापना भएको थियो । शिक्षा तथा खेलकुद मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाज नेपालबिच १५ वर्षे सम्झौता भएर ११३ रोपनी जग्गा दिइएको थियो । उक्त सम्झौता २०७२ सालमा सकिएको थियो । त्रिविले सम्झौता सकिएसँगै उक्त जग्गा फिर्ताका लागि बारम्बार ताकेता गर्दै आएको थियो । तर, स्कुल यतिबेला ट्रस्टमार्फत सञ्चालन हुँदै आएको छ ।
प्रमुख श्रेष्ठले जग्गा फिर्ता गर्न पटक–पटक पहल गरे पनि स्कुलले अटेरी गर्दै आएको बताए । जग्गा फिर्ता गर्नुका साटो उक्त जग्गामा पक्की कम्पाउण्ड वाल लगायत जंगलका रूखहरू समेत फडानी गरी तारजालीको बार लगाइरहेको बताए । स्कुलले भने उक्त जग्गा नेपाल सरकारले विद्यालय सञ्चालनको लागि उपलब्ध गराएको भन्दै फिर्ता नगर्ने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण