मकवानपुरमा १२४ जनालाई जग्गाधनी पुर्जा वितरण
हेटौँडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले स्थापनादेखि हालसम्मको अवधिमा मकवानपुरका १२४ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । २०७८ भदो २५ गते गठित उक्त आयोगले हालसम्म मकवानपुरका ३ स्थानीय तहका ५० जना भूमिहीन दलित तथा सुकुम्वासी र ७४ जना अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।
आयोगले मकवानपुरको बकैया र बागमती गाउँपालिकाका भूमिहीन सुकुम्वासी तथा दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो भने हेटौँडा उपमहानगरपालिकाका ६९ जना र बागमतीका ५ अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरेको हो ।
आयोग मकवानपुरको तथ्याङ्क अनुसार बागमतीका ४ र बकैया गाउँपालिकाका २ भूमिहीन दलित तथा बागमती ३५ र बकैयाका ९ भूमिहीन सुकुम्वासीलाई पुर्जा वितरण गरिएको हो । हेटौँडाका ६९ र बागमतीका ५ जना अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरेको आयोगले जनाएको छ ।
भूमिहीन दलित र सुकुम्वासीलाई निःशुल्क र अव्यवस्थित बसोबासीलाई जिल्ला समितिको निर्णयले निर्धारण गरेको राजस्व दाखिला गराई पुर्जा वितरण गर्दै आएको छ । आयोग मकवानपुरले अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा उपलब्ध गराए वापत २९ लाख ३६ हजार १४० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।
जग्गा दर्ता तथा पुर्जा वितरणका लागि बकैयाबाट ४३ भूमिहीन दलित तथा सुकुम्वासीको विवरण स्वीकृत भएर आएको आयोग मकवानपुरका सदस्य अर्जुनप्रसाद चौंलागाईले जानकारी दिए ।
उनका अनुसार आयोगको सूचना प्रणालीमा भूमिहीन सुकुम्वासी, दलित तथा अव्यवस्थित बसोबासी र सट्टा भर्नाका लागि १७ हजार २५२ निवेदन तथ्याङ्क प्रविष्ट गरिएको छ । आयोगको सूचना प्रणालीमा मकवानपुरका स्थानीय तहले भूमिहीन दलित ३४०, भूमिहीन सुकुम्वासी २ हजार २६०, अव्यवस्थित बसोबासी १४ हजार ६५० र सट्टा भर्ना २ जनाको निवेदन प्रविष्ट गरिएको उनले बताए ।
आयोगले जग्गा दर्ता तथा वितरणका हेटौँडाको वडा नम्बर ११, ९ र ७ का ८०० भन्दा बढी लाभग्राहीको विवरण तयार भएको उनले बताए । बागमतीको १, २ र ६ को १४० भन्दा बढी लाभग्राहीको विवरण तयार पारिएको छ भने बकैयामा लाभग्राही विवरण अनुसार जग्गा नाप नक्सा कार्य भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण