त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग नेविसंघले माग्यो भिजन पेपर
नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालसँग ‘भिजन पेपर’ माग गरेको छ । नेविसंघ त्रिवि जिल्ला समितिले उपकुलपति बराललाई भेटेर भिजन पेपर माग गरेको हो । खुला प्रतिस्पर्धाबाट उपकुलपति बनेका बरालसँग अध्ययनका लागि भिजन पेपर माग गरेको हो ।
नोविसंघ त्रिवि जिल्ला अध्यक्ष विष्णु बडैलाले उपकुलपतिका लागि आवेदन दिँदा पेस गरेको भिजन पेपर हेर्ने र त्यही आधारमा कार्यकालभर काम भए/नभएकोबारे हेर्ने भन्दै भिजन पेपर माग गरेको बताए ।
‘हामीले कुनै प्रकारको ज्ञापन पत्र तथा माग पत्र राखेनौँ । उहाँले उपकुलपति नियुक्तिका लागि आवेदन दिँदा पेस गर्नुभएको भिजन पेपर माग्यौ । ताकी हामीले चार वर्ष उहाँले भिजन पेपर अनुसार काम गर्नुभयो वा भएन भनेर हेर्नलाई । त्यही आधारमा हामीले सहयोग तथा खबरदारी गर्छौ’ अध्यक्ष बडैलाले भने ।
उपकुलपति बरालले आफ्नो भिजन परेर दिएका थिए । अब नेविसंघले भिजन पेपरको आधारमा उपकुलपतिको कार्यको मूल्याङ्कन गर्ने अध्यक्ष बडैलाले बताए ।
भेटको क्रममा नेविसंघले उपकुलपति बराललाई विगतमा भएका पटक पटकका सहमतिहरू समेत कार्यान्वयन गर्न आग्रह गरेको थियो । अहिले पनि विगतमा गरिएका सहमति कार्यान्वयन गर्न अग्रसर भएर लाग्न उपकुलपति बराललाई नेविसंघले आग्रह गरेको हो ।
विश्वविद्यालय सुधारको लागि आफूहरू हरदमसम्म सहयोग गर्न तयार रहेको अध्यक्ष बडैलाले बताए । उपकुलपति बरालले विश्वविद्यालय सुधारको जिम्मेवारी सबैको भएको भन्दै विद्यार्थीहरूलाई समेत सहयोग गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण