चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा
बेइजिङ । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा प्रारम्भिकरूपमा अतिरिक्त वाहन जोखिम परीक्षण पूरा गरेको छ । प्रयोगात्मक उपकरण र भौतिक नमुनाहरूको पहिलो ब्याचका साथ परिक्रमा गर्ने अन्तरिक्ष यानलाई सुरक्षितरूपमा पुनः प्राप्त गर्दै परीक्षण पूरा गरेको चिनियाँ विज्ञान एकेडेमीको राष्ट्रिय अन्तरिक्ष विज्ञान केन्द्रले शुक्रबार जानकारी दिएको छ ।
पृथ्वीमा रहेका वैज्ञानिकहरू र जहाजमा रहेको रोबोटिकको सहयोगमा प्रयोगात्मक उपकरण र नमुनाहरू अन्तरिक्ष स्टेसनको बाहिरी भागबाट स्टेसनको एयरलक मोड्युलमा राति नौ बजेर सारिएको थियो । परिक्रमा गर्ने टेकोनट दललाई पछि प्रयोगशाला मोड्युलमा सारियो । त्यहाँ उनीहरूले नमुनालाई अलग गरेर सङ्गृहीत गरे । केन्द्रले ती नमुनालाई सेनझोउ अन्तरिक्ष यानबाट पृथ्वीमा ल्याउने र थप अनुसन्धानका लागि वैज्ञानिकहरूलाई दिइने जनाएको छ ।
अतिरिक्त वाहन एक्स्पोजर प्रयोगात्मक उपकरण सन् २०२३ मार्च ८ मा प्रक्षेपण गरिएको थियो र एक वर्षदेखि यो कक्षमा रहेको छ । स्थापना गरिएको चार सयभन्दा बढी सामग्री नमुनाको पहिलो ब्याचलाई गैर–धातु र धातु सामग्रीमा विभाजन गरिएको थियो । केन्द्रका अनुसार सन् २०२४ मेमा परिक्रमा गर्ने टेकोनटले प्रयोगात्मक उपकरणहरूमा नमुनाको नयाँ ब्याच स्थापना गर्ने र अन्तरिक्ष एक्स्पोजर परीक्षणको नयाँ चरण सुरु गर्नेछ । - (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण