सुन तस्करीको जाँचबुझ प्रतिवेदन सार्वजनिक गरिनुपर्छ : पूर्व आईजीपी खनाल
काठमाडौँ । पूर्व आईजीपी सर्वेन्द्र खनालले इलेक्ट्रिक चुरोट ‘भेप’ र ब्रेक प्याडमा लुकाएर तस्करी गरिएको सुनको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन् । प्रतिवेदन सार्वजनिक गरेर दोषी किटान गरिएका सबैलाई कारबाही गर्न उनले आग्रह गरेका हुन् ।
सुन प्रकरणमा संलग्न जीवन चलाउनेसँग आफ्नो नाम जोडेकोमा आपत्ति जनाउँदै खनालले भने–‘चलाउने भन्ने को हो म चिन्दिन तर, प्रतिवेदन सार्वजनिक गर्न चुनौती दिन चाहन्छु ।’
काठमाडौँमा पत्रकार सम्मेलन गरेर तस्करी प्रकरणमा आफूलाई सो प्रकरणमा संलग्न रहेको आरोप लगाएकोमा आपत्ति जनाउँदै उनले भने– ‘म माथिको आरोपमा पुष्टि गर्न चुनौती दिन्छु, प्रतिवेदनले दोषी किटान गरेको भए कारबाही भोग्न तयार छु ।’
इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट ल्याएको सुन र ब्रेक प्याडमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुनको अनुसन्धानमा प्रहरीको गम्भीर त्रुटि देखिएको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले साढे ५ महिना जाँचबुझ गरेर अनुसन्धानमा त्रुटि रहेको निष्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
बेल्जियन नागरिक दावा छिरिङसँग कनेक्सन देखिएको आशङ्कामा पूर्व आईजीपी खनाल र पूर्व आईजीपी धिरजप्रताप सिंहमाथि पनि प्रश्न उठेको थियो । तर, जाँचबुझ आयोगको छानबिनबाट पूर्व आईजीपीहरुको संलग्नता देखिएको छैन । आयोगले सिंह र दावाबिच भएको कुराकानीलाई ‘सूचना’को रूपमा लिनुपर्ने आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण