ढुवानीसम्बन्धि छुट्टै कानुन आवश्यक छ : कानुनमन्त्री गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धि छुट्टै ऐन आवश्यक रहेको बताएका छन् । मन्त्री गिरीले सार्वजनिक यातायात सेवा ऐन, सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयक र सार्वजनिक सडक सुरक्षा सम्बन्धि विधेयकले ढुवानी व्यवसायीहरुको समस्या समाधान हुन नसक्ने आफूले महशुस गरेको उल्लेख गर्दै उनीहरुको समस्या समाधानका लागि छुट्टै ऐन आवश्यक रहेको बताएका हुन् ।
शनिबार काठमाडौँमा आयोजित ढुवानी व्यवसायी महासंघ, नेपालको कार्यक्रममा बोल्दे मन्त्री गिरीले त्यो ऐन निर्माणका लागि आफैँले ड्राफ्ट तयार पारेर सो सम्बन्धि कानून निर्माणमा सहयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे । उनले कानूनको माध्यामबाट ढुवानी व्यवसायीहरुको समस्या समाधान गर्न आफू जिम्मेवार भएर लागिपर्ने आश्वासन समेत दिए ।
मन्त्री गिरीले कानुन निर्माणको काममा सम्बन्धित क्षेत्रको सहयोगको आफूले अपेक्षा गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री
-
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण