ढुवानीसम्बन्धि छुट्टै कानुन आवश्यक छ : कानुनमन्त्री गिरी
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धि छुट्टै ऐन आवश्यक रहेको बताएका छन् । मन्त्री गिरीले सार्वजनिक यातायात सेवा ऐन, सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयक र सार्वजनिक सडक सुरक्षा सम्बन्धि विधेयकले ढुवानी व्यवसायीहरुको समस्या समाधान हुन नसक्ने आफूले महशुस गरेको उल्लेख गर्दै उनीहरुको समस्या समाधानका लागि छुट्टै ऐन आवश्यक रहेको बताएका हुन् ।
शनिबार काठमाडौँमा आयोजित ढुवानी व्यवसायी महासंघ, नेपालको कार्यक्रममा बोल्दे मन्त्री गिरीले त्यो ऐन निर्माणका लागि आफैँले ड्राफ्ट तयार पारेर सो सम्बन्धि कानून निर्माणमा सहयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे । उनले कानूनको माध्यामबाट ढुवानी व्यवसायीहरुको समस्या समाधान गर्न आफू जिम्मेवार भएर लागिपर्ने आश्वासन समेत दिए ।
मन्त्री गिरीले कानुन निर्माणको काममा सम्बन्धित क्षेत्रको सहयोगको आफूले अपेक्षा गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण