सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डिजिटल युगमा आउटडोर खेलको महत्त्व बढ्दै, ब्रिटिश कलेजका विद्यार्थीहरूले लिए साहसिक खेलहरूको मज्जा

आइतबार, ०४ चैत २०८०, ०७ : २३
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । काठमाडौँको ब्रिटिस कलेजका विद्यार्थीहरूले कुस्मास्थित द क्लिफ नेपालमा साहसिक खेलहरूको मज्जा लिएका छन् । चार दर्जनभन्दा बढी विद्यार्थीहरूले शुक्रबार क्लिफमा विभिन्न साहसिक खेल तथा गतिविधिहरूको अनुभव लिएको क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार क्लिफमा विद्यार्थीहरूले बञ्जी, वाल क्लाइम्बिङ, स्काई चेयर, क्रेजी ब्रिज लगायतमा मज्जा लिएका हुन् ।  अहिलेको डिजिटल युगमा विद्यार्थीहरूले विभिन्न ग्याड्जेट, भिडियो गेम लगायतमा समय बिताउनुभन्दा यस किसिमको 'आउटडोर' खेलहरूमा सहभागी हुँदा उनीहरूको आत्मविश्वास बढ्ने अध्यक्ष कार्की बताउँछन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ,  स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ,  क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप