डिजिटल युगमा आउटडोर खेलको महत्त्व बढ्दै, ब्रिटिश कलेजका विद्यार्थीहरूले लिए साहसिक खेलहरूको मज्जा
काठमाडौँ । काठमाडौँको ब्रिटिस कलेजका विद्यार्थीहरूले कुस्मास्थित द क्लिफ नेपालमा साहसिक खेलहरूको मज्जा लिएका छन् । चार दर्जनभन्दा बढी विद्यार्थीहरूले शुक्रबार क्लिफमा विभिन्न साहसिक खेल तथा गतिविधिहरूको अनुभव लिएको क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
उनका अनुसार क्लिफमा विद्यार्थीहरूले बञ्जी, वाल क्लाइम्बिङ, स्काई चेयर, क्रेजी ब्रिज लगायतमा मज्जा लिएका हुन् । अहिलेको डिजिटल युगमा विद्यार्थीहरूले विभिन्न ग्याड्जेट, भिडियो गेम लगायतमा समय बिताउनुभन्दा यस किसिमको 'आउटडोर' खेलहरूमा सहभागी हुँदा उनीहरूको आत्मविश्वास बढ्ने अध्यक्ष कार्की बताउँछन् ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण