शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

आइतबार, ०४ चैत २०८०, ११ : ३२
आइतबार, ०४ चैत २०८०

ललितपुर । महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार भुजुङ्गे चोक बस्ने ४७ वर्षीय हरिबोल चौलागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप