फतुवा विजयपुरमा शिक्षकको आन्दोलन स्थगित
रौतहट। तलबको माग गर्दै आन्दोलनमा उत्रिएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरूले धर्ना स्थगित गरेका छन्। आन्दोलनरत शिक्षक र नगरपालिकाबिच सहमति भएसँगै शिक्षकहरूले जारी राखेको धर्नाको कार्यक्रम स्थगित गरिएको हो।
नेपाली कांग्रेस जिल्ला सभापति तथा रौतहट निर्वाचन क्षेत्र ३ का प्रदेश सांसद सुनिल यादव (जितेन्द्र)को पहलमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र आन्दोलनरत शिक्षकको बिचमा होली पर्व अगावै सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको तलव उपलब्ध गराउने सहमति भएको शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादवले बताए ।
सोही सहमतिको आधारमा फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गतको ३२ वटै विद्यालयमा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आज १ दिन स्थगित गरिएको माबि विजयपुरको प्रधानाध्यापक शंकर राय यादवले जानकारी दिए ।
सोमबारदेखि सम्पूर्ण विद्यालयमा परीक्षा सञ्चालन गर्ने र छुटेका विषयको अन्तिममा परीक्षा लिने सहमति भएको उनले बताए। फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गतका ३२ विद्यालयका शिक्षा, कर्मचारी र अन्य क्षेत्रका कर्मचारी गरी ३५० जनाले गत साउन देखि हालसम्म तलब नपाएको कारण गत बुधबार देखि नगरपालिका अगाडी धर्नामा बस्दै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण