शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लोकतन्त्रको पक्षमा प्रदर्शन गर्ने अभिनेतासहित १२ जनालाई जेल सजाय

आइतबार, ०४ चैत २०८०, १२ : १३
आइतबार, ०४ चैत २०८०

हङकङ । सन् २०१९ मा हङकङमा लोकतन्त्रको समर्थनमा भएको प्रदर्शनमा सहभागी भएको भन्दै अभिनेता ग्रेगरी वाङसहित १२ जना जेल सजाय सुनाइएको छ । जिल्ला अदालतले शनिबार वाङलाई ६ वर्षको अधिकतम सजाय सुनाएको हो ।

अभियन्ता वेन्टस लाउ विङ–होङ र ओवेन चाउलाई पनि कैद सजाय दिइएको छ । त्यस्तै, दुई पत्रकारलाई लेजिस्लेटिभ काउन्सिलको च्याम्बरमा बिना अनुमति प्रवेश गरेको भन्दै जरिवाना लगाइएको छ । दोषी करार गरिएका अधिकांशमाथि दङ्गाको आरोप लगाइएको थियो ।

सन् २०१९ मा हङकङमा विवादास्पद कानुन ल्याउने तयारी गरिएको थियो । कानुनअनुसार त्यहाँका जनतालाई चीनको मुख्य भूमिमा प्रत्यर्पण गर्न सकिन्थ्यो ।  यस कानुनको विरोधमा हङकङमा ठुलो विरोध प्रदर्शन भएको थियो ।

त्यसबेला सयौँ प्रदर्शनकारी लेजिस्लेटिभ काउन्सिल भवनमा घुसेका थिए । उनीहरूले पर्खालमा सन्देशहरूले रङ्गाएका थिए । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप