लोकतन्त्रको पक्षमा प्रदर्शन गर्ने अभिनेतासहित १२ जनालाई जेल सजाय
आइतबार, ०४ चैत २०८०, १२ : १३
हङकङ । सन् २०१९ मा हङकङमा लोकतन्त्रको समर्थनमा भएको प्रदर्शनमा सहभागी भएको भन्दै अभिनेता ग्रेगरी वाङसहित १२ जना जेल सजाय सुनाइएको छ । जिल्ला अदालतले शनिबार वाङलाई ६ वर्षको अधिकतम सजाय सुनाएको हो ।
अभियन्ता वेन्टस लाउ विङ–होङ र ओवेन चाउलाई पनि कैद सजाय दिइएको छ । त्यस्तै, दुई पत्रकारलाई लेजिस्लेटिभ काउन्सिलको च्याम्बरमा बिना अनुमति प्रवेश गरेको भन्दै जरिवाना लगाइएको छ । दोषी करार गरिएका अधिकांशमाथि दङ्गाको आरोप लगाइएको थियो ।
सन् २०१९ मा हङकङमा विवादास्पद कानुन ल्याउने तयारी गरिएको थियो । कानुनअनुसार त्यहाँका जनतालाई चीनको मुख्य भूमिमा प्रत्यर्पण गर्न सकिन्थ्यो । यस कानुनको विरोधमा हङकङमा ठुलो विरोध प्रदर्शन भएको थियो ।
त्यसबेला सयौँ प्रदर्शनकारी लेजिस्लेटिभ काउन्सिल भवनमा घुसेका थिए । उनीहरूले पर्खालमा सन्देशहरूले रङ्गाएका थिए । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण