डडेल्धुराको परशुरामका कर्मचारी आन्दोलित, कार्यालयको सेवा ठप्प
काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।
उनीहरुले नगरपालिकासहित मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै आन्दोलन थालेका हुन् । नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिंहले टाउमा कालोपट्टी बाँधेर सबै कर्मचारी आन्दोलनमा उत्रिएको जानकारी दिए ।
कार्यपालिका बैठकमा उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामी लगायतको समूहले ज्यानमार्ने उद्देश्यले निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि हमला गरिएको कर्मचारीको आरोप छ ।
‘दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही नभएसम्म परशुराम नगरपालिकका तथा यसअन्तर्गतका सम्पूर्ण कार्यालयहरुको अतिआवश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि ठप्प गरिएको जानकारी गराउँदछौँ,’ कर्मचारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत बिहीबार बसेको कार्यपालिका बैठकमा विवाद हुँदा दुई पक्षबिच कुर्सी हानाहान भएको थियो । सोही क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशी घाइते भएका थिए । घाइते जोशीको उपचार अहिले काठमाडौँ भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण