अफगानिस्तानमा बस र ट्याङ्कर ठोक्किँदा २१ जनाको मृत्यु, ३८ घाइते
काबुल । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार एउटा बस र तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु हुनाका साथै ३८ जना घाइते भएका प्रान्तीय अधिकारीले बताएका छन् ।
हेरात सहरबाट राजधानी काबुलतर्फ जाँदै गरेको यात्रुबाहक बस दुई जना सवार मोटरसाइकलसँग ठोक्किँदा दुवै जनाको मृत्यु भएको हेलमान्डस्थित ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ । त्यसैगरी, दक्षिणी शहर कान्दाहारबाट हेराततर्फ जाँदै गरेको तेल ट्याङ्करसँग बस ठोक्किँदा दुबै सवारी साधनको गति अनियन्त्रित भई दुर्घटना हुनपुगेको हो ।
अफगानिस्तानमा खराब सडक, चालकको लापर्बाही र सडक कानुनको नियमनको कमीका कारण वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।
प्रान्तीय सूचना विभागले सामाजिक सञ्जाल ‘एक्स’ मा पोष्ट गरेको विज्ञप्तिमा भनिएको छ, “आइतबार बिहान एउटा ट्याङ्कर, मोटरसाइकल र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।”
हेल्मान्ड प्रान्तको ग्रिस्क जिल्लामा हेरात–कान्दाहार राजमार्गमा उक्त दुर्घटना भएको हो ।
हेलमान्डको गभर्नर कार्यालयका प्रवक्ता मोहम्मद कासिम रियाजले एएफपीलाई बताएअनुसार उक्त दुर्घटनाका कारण ती सवारी साधनहरू जलेका थिए ।
सूचना विभागले सामाजिक सञ्जालमा साझा गरेको तस्बिरमा राजमार्गमा छरिएर रहेका मृतक र जलेका गाडीका अवशेष देख्न सकिन्छ ।
अधिकारीका अनुसार अहिले उद्धार तथा सफाईकर्मीहरूलाई भग्नावशेष हटाउने काममा लगाइएको छ ।
घाइतेमध्ये ११ जना गम्भीर घाइते भएका छन् भने २७ जना सामान्य घाइते भएका छन् ।
सन् २०२२ डिसेम्बरमा अफगानिस्तानको उच्च पहाडी क्षेत्र ‘सलाङ पास’ मा तेल ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनाका साथै दर्जनौँ घाइते भएका थिए । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण