पूर्व मुख्यमन्त्री पौडेलद्वारा नेमकिपासँग सरकारको समर्थन माग
हेटौँडा । बागमती प्रदेशमा ३ सांसदसहित प्रतिनिधित्व गरेको नेमकिपासँग सरकारको समर्थन माग गर्न पूर्व मुख्यमन्त्री डोरमणि पौडेल भक्तपुर पुगेका छन् । आइतबार पूर्व मुख्यमन्त्री पौडेलले सरकारको समर्थन माग गर्दै नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग भेट गरेका हुन् ।
नेता गोसाईको भक्तपुरस्थित निवासमा पूर्व मुख्यमन्त्री पौडेलले भेट गरेका थिए । भेटमा पूर्व मुख्यमन्त्री पौडेलले वर्तमान सत्ता गठबन्धनलाई समर्थन दिएर सहयोग गर्न आग्रह गरेका थिए । अहिलेको परिस्थिति असहज रहेकाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहयोग आवश्यक रहेको बताएका थिए ।
उनले विगतमा नेमकिपाले संसद् र सरकारमा निकै जिम्मेवार ढंगले भूमिका निर्वाह गरेको बताएका थिए । नेमकिपाको विचार सिद्धान्तअनुसार सरकारले आफ्ना भूमिकालाई परिष्कृत गर्न सक्ने भएकाले त्यसतर्फ छलफल केन्द्रित गर्नुपर्ने बताएका थिए । भेटमा पूर्व मुख्यमन्त्री पौडेलले एमाले नेतृत्वको सरकारलाई सहयोग गर्न नेता गोसाईंलाई भनेका थिए ।
प्रतिक्रियामा नेता गोसाईले तत्काल सरकारलाई समर्थन दिनेतर्फ आफूहरू नरहेको बताएका थिए । बागमतीमा सत्ता गठबन्धनमा निर्णायक मानिएका दलहरूले सत्ता साझेदारी गर्न सक्ने धेरै सम्भावना रहेकाले नेमकिपा आफ्नो भूमिका सशक्त रहने बताएका थिए ।
एमाले बागमती प्रदेश संसदीय दलका सचेतक मधुसूदन पौडेलले सरकार र गठबन्धनका विषयमा नेमकिपासँग छलफल भएको बताए । छलफलमा नेमकिपाले सरकारको नेतृत्व टुंगो लगाउन र त्यस पछि आवश्यक सहकार्यका विषय अघि बढाउन आग्रह गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण