चेल्सी एफए कपको सेमिफाइनलमा
काठमाडौं । एफए कप फुटबलमा चेल्सीले सेमिफाइनलमा स्थान बनाएको छ । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हो ।
चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई ४–२ गोलले पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै घरेलु टोली चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । २६औँ मिनेटमा चेल्सी पेनाल्टीको पायो तर, उक्त पेनाल्टीमा रहिम स्टर्लिङले गोल गर्न असफल भएपछि चेल्सीले अग्रता दोब्बर मनाउने मौका गुमाएको थियो ।
पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमै कोल पाल्मरले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । तर, खेलको ५१औँ मिनेटमा पाहुना टोली लेस्टर सिटीले उपहार गोलमा खेल २–१ को अवस्थामा ल्याउन सफल भयो। चेल्सीका एक्सेल डिसासी आफ्नै पोस्टमा गोल गरेपछि खेलमा २–१ को रोमाञ्चक अवस्थामा पुगेको थियो ।
६२ औँ मिनेटमा स्टेफी माविडिडीले गोल गरेपछि पाहुना टोली २–२ को बराबरीसँगै खेलमा फर्कियो । ७३ औँ मिनेटमा पाहुना टोली लेस्टर सिटी १० खेलाडीमा सीमित बन्यो । लेस्टरका कलोमले रातो कार्ड पाएर मैदान छाडेका थिए ।
१० खेलाडीमा समेटिएको लेस्टर सिटीमाथि चेल्सीले फाइदा उठाउँदै खेलमा ४–२ को रोमाञ्चक जित निकाल्यो । चेल्सीका लागि अतिरिक्त समयको दोस्रो मिनेटमा केमीले गोल गरेपछि खेलमा ३–२ को अग्रता बनायो । अतिरिक्त समयकै आठौँ मिनेटमा नोनी मडुके गोल गरेपछि चेल्सीले ४–२ को जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण