प्रभु महालक्ष्मी लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम भव्य रूपमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका थिए । कार्यक्रमलाई सम्बोधन उनले उत्कृष्ट कार्यले नै सम्मानको लागि मार्ग तयार हुने भन्दै सबैको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधैँ साथ–सहयोग र उच्च सम्मान रहने बताए ।
एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भएकाले अभिकर्ताहरूलाई उनले हार्दिक बधाई व्यक्त गरे । सो क्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले योग्यहरूको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने बताए ।
उक्त कार्यक्रममा आउँदै गरेको फागु पूर्णिमा (होली) को शुभकामना आदान प्रदान गरी रङ्गहरूका साथ नारायणी नदीको क्रुज जहाजमा होली मनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण