शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय संघ-संगठनबाट नेपालले लाभ लिन सकेन : सांसद पौडेल (भिडियो सहित)

सोमबार, ०५ चैत २०८०, १४ : ५५
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले अन्तर्राष्ट्रिय संघ–संगठनबाट नेपालले लाभ लिन नसकेको तर्क गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक बडापत्रको सन्दर्भमा नेपालको सहभागिताबारे विचार राखेकामा सांसद पौडेलले त्यसको समर्थन गरे । 

यस्ता अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ–संगठनहरुमा नेपालको सहभागिताले हानी नगर्ने भए पनि जति फाइदा लिनुपर्ने हो सो भने नेपालले लिन नसकिरहेको पौडेलले बताए । 

‘अन्तर्राष्ट्रिय संघ–संगठनहरू निकै महत्त्वपूर्ण भए पनि हामीले यसमा नेतृत्व गर्न सकिरहेका छैनौँ’ सांसद पौडेलले भने, ‘नीतिगत नेतृत्व पनि गर्न सकिरहेका छैनौ र रणनीतिक उपयोग पनि लिन सकिरहेका छैनौँ । खाली भीआईपीहरुको भ्रमणका लागि सहभागी भएको जस्तो मात्र देखिएको छ’ उनले भने । 

यस्ता अन्तर्राष्ट्रिय संघ–संगठनहरूबाट नेपालले भरपुर फाइदा लिनुपर्ने र दरिलो उपस्थिति देखाउनुपर्ने पौडेलको भनाइ छ । नेपालमा उत्पादन भएको जलविद्युत, कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यस्ता संघ–संगठनहरू काममा आउनुपर्ने सांसद पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप