अन्तर्राष्ट्रिय संघ-संगठनबाट नेपालले लाभ लिन सकेन : सांसद पौडेल (भिडियो सहित)
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले अन्तर्राष्ट्रिय संघ–संगठनबाट नेपालले लाभ लिन नसकेको तर्क गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक बडापत्रको सन्दर्भमा नेपालको सहभागिताबारे विचार राखेकामा सांसद पौडेलले त्यसको समर्थन गरे ।
यस्ता अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ–संगठनहरुमा नेपालको सहभागिताले हानी नगर्ने भए पनि जति फाइदा लिनुपर्ने हो सो भने नेपालले लिन नसकिरहेको पौडेलले बताए ।
‘अन्तर्राष्ट्रिय संघ–संगठनहरू निकै महत्त्वपूर्ण भए पनि हामीले यसमा नेतृत्व गर्न सकिरहेका छैनौँ’ सांसद पौडेलले भने, ‘नीतिगत नेतृत्व पनि गर्न सकिरहेका छैनौ र रणनीतिक उपयोग पनि लिन सकिरहेका छैनौँ । खाली भीआईपीहरुको भ्रमणका लागि सहभागी भएको जस्तो मात्र देखिएको छ’ उनले भने ।
यस्ता अन्तर्राष्ट्रिय संघ–संगठनहरूबाट नेपालले भरपुर फाइदा लिनुपर्ने र दरिलो उपस्थिति देखाउनुपर्ने पौडेलको भनाइ छ । नेपालमा उत्पादन भएको जलविद्युत, कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यस्ता संघ–संगठनहरू काममा आउनुपर्ने सांसद पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण