बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइयो : अध्यक्ष केसी (भिडियो सहित)
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताएका छन् ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गरेको बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले सार्क आन्दोलनलाई ओझेलमा पार्न बिमस्टेकको खेती गरिएको बताए । उनले दक्षिण एसियामा शक्तिशाली संगठन भनेकै सार्क भएकाले सशक्त बनाएर अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘मैले के आशा गरेको थिएँ भने बिमस्टेक जन्मियो किन ? सार्कलाई किन ओझेलमा पारियो ? त्यतातिर हाम्रो परराष्ट्रमन्त्रीजीले केही जानकारी गराउनु हुन्छ कि भन्ने थियो । खालि बिमस्टेकको कुरा गरेर सिध्याइदिनुभयो । म निराश भएँ । दक्षिण एसियामा हाम्रो सार्क हो नि, शक्तिशाली संगठन । यो बिमस्टेक किन खोल्नपर्यो भन्दा भारत, चीनका अगाडि भाले हुन नसक्ने, पाकिस्तानसँग शत्रुतापूर्ण संघर्ष सधैँ । त्यसो भएकाले सार्क आन्दोलनलाई ओझेलमा पार्न यो भारतको योजना हो । बिमस्टेक सार्कलाई ओझेल पार्नका लागि नै हो । सार्कलाई यो स्थितिमा पुर्याउनुको मुख्य कारण भारत नै हो ।’
अध्यक्ष केसीले बिमस्टेक सार्कलाई ओझेल पार्नका लागि नै ल्याइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण