शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले हवाई हमला गरेको तालिवान सरकारको आरोप

सोमबार, ०५ चैत २०८०, १६ : १७
सोमबार, ०५ चैत २०८०

इस्लामवाद । पाकिस्तानले हवाई हमला गरेको आरोप अफगानिस्तानको तालिवान सरकारले लगाएको छ । यो हमलामा कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ ।

मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेको बताइएको छ । ‘विमानहरूले पाकिस्तानको सीमा नजिक खोस्ट र पङ्क्तिका प्रान्तमा बस्ने सर्वसाधारणको घरमा बमबारी गरेको थियो’ तालिवानका प्रवक्ताले भनेका छन् ।

अफगानी समाचार च्यानल टोलो न्युजका अनुसार हवाई हमलापछि सीमा क्षेत्रमा तालिवान र पाकिस्तानी सेनाबिच झडप पनि भएको थियो । गोलीबारीमा तीन पाकिस्तानी सैनिक पनि घाइते भएको जानकारी मिलेको छ ।

अहिलेसम्म यो सम्पूर्ण घटनामा पाकिस्तानको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । तर केही विज्ञहरूले यसलाई पाकिस्तानको प्रतिशोधको रूपमा हेरिरहेका छन् ।

एक साताअघि पाकिस्तानी सेनाको सुरक्षा चौकीमा आत्मघाती बम विस्फोट भएपछि पाकिस्तानले जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो । अफगानिस्तानमा बसोबास गर्ने चरमपन्थी समूहले आफ्ना सुरक्षा बलमाथि आक्रमण गरिरहेको आरोप पाकिस्तानले लगाएको थियो । अफगानिस्तानले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप