पाकिस्तानले हवाई हमला गरेको तालिवान सरकारको आरोप
इस्लामवाद । पाकिस्तानले हवाई हमला गरेको आरोप अफगानिस्तानको तालिवान सरकारले लगाएको छ । यो हमलामा कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ ।
मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेको बताइएको छ । ‘विमानहरूले पाकिस्तानको सीमा नजिक खोस्ट र पङ्क्तिका प्रान्तमा बस्ने सर्वसाधारणको घरमा बमबारी गरेको थियो’ तालिवानका प्रवक्ताले भनेका छन् ।
अफगानी समाचार च्यानल टोलो न्युजका अनुसार हवाई हमलापछि सीमा क्षेत्रमा तालिवान र पाकिस्तानी सेनाबिच झडप पनि भएको थियो । गोलीबारीमा तीन पाकिस्तानी सैनिक पनि घाइते भएको जानकारी मिलेको छ ।
अहिलेसम्म यो सम्पूर्ण घटनामा पाकिस्तानको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । तर केही विज्ञहरूले यसलाई पाकिस्तानको प्रतिशोधको रूपमा हेरिरहेका छन् ।
एक साताअघि पाकिस्तानी सेनाको सुरक्षा चौकीमा आत्मघाती बम विस्फोट भएपछि पाकिस्तानले जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो । अफगानिस्तानमा बसोबास गर्ने चरमपन्थी समूहले आफ्ना सुरक्षा बलमाथि आक्रमण गरिरहेको आरोप पाकिस्तानले लगाएको थियो । अफगानिस्तानले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण