नयाँ सत्ता समीकरण
एमाले मधेस प्रदेश सरकारमा, सरोज यादवले लिए शपथ
सोमबार, ०५ चैत २०८०, १६ : ४९
वीरगन्ज । मधेश प्रदेशमा एमालेबाट सरोज यादव मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै सोमबार प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका हुन् ।
मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएसँगै कांग्रेस सरकारबाट औपचारिकरुपमा आउट भएको छ ।
नयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस सरकारमै थियो । कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
यसैबीच पार्टीमा को मन्त्री बन्ने भन्नेबारे विवाद बढी देखिएपछि पहिलो चरणमा यादवलाई मात्रै मन्त्री बनाइएको एमाले मधेस प्रदेशले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण