आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले बोलायो पदाधिकारी बैठक

सोमबार, ०५ चैत २०८०, १७ : ५६
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिव दीनानाथ शर्माले जानकारी दिए । तर बैठकको एजेन्डाबारे उनले अनविज्ञता प्रकट गरे । यस्तै प्रवक्ता अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुनसक्ने बताए ।

‘नेताहरूको जिम्मेवारी, पछिल्लो राजनीतिक घटनाक्रम, आगामी जागरण अभियान लगायत विषयमा छलफल हुनसक्छ तर एजेन्डा अहिलेसम्म तय भएको छैन’, रातोपाटीसँग सापकोटाले भने । सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ परेपछि बस्न लागेकोले याे बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप