माओवादीले बोलायो पदाधिकारी बैठक
सोमबार, ०५ चैत २०८०, १७ : ५६
काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिव दीनानाथ शर्माले जानकारी दिए । तर बैठकको एजेन्डाबारे उनले अनविज्ञता प्रकट गरे । यस्तै प्रवक्ता अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुनसक्ने बताए ।
‘नेताहरूको जिम्मेवारी, पछिल्लो राजनीतिक घटनाक्रम, आगामी जागरण अभियान लगायत विषयमा छलफल हुनसक्छ तर एजेन्डा अहिलेसम्म तय भएको छैन’, रातोपाटीसँग सापकोटाले भने । सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ परेपछि बस्न लागेकोले याे बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण