शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमान घिसिङसँग अमेरिकामा नेपालीले गरे अन्तर्क्रिया

मङ्गलबार, ०६ चैत २०८०, ०८ : ३१
मङ्गलबार, ०६ चैत २०८०

डिसी । अमेरिका आई पुगेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा उनको टोलीसँग अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली समुदायले अन्तर्क्रिया गरेका छन्।

उक्त टोलीमा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारी (अधिकृत)हरू नेपाल सरकारको प्रतिनिधित्व गर्दै विश्व बैङ्कको ऊर्जा सम्बन्धी कार्यक्रमको बैठकमा सहभागी हुन आएको मौकामा डिसी महानगर क्षेत्रका नेपाली समुदायले कुलमान घिसिङ र टोलीसँग अन्तरक्रिया आयोजना गरेको हो ।

कार्यक्रमको आयोजना यस क्षेत्रका रहेका अमेरिकाकै पुराना संस्थाहरू मध्येहरु राष्ट्रिय स्तरका एएनए ,एएनएस ,एएसएनइनजिआर ,एनआरएनए भर्जिनिया ,एएनएचएस ,ग्रेटर तामाङ समाज डिसी,डिसीएनएफसी, एनएसीसी (न्याक) लगायतहरु रहेका थिए ।

कुलमान घिसिङ तथा उनको टोलीसँग विशेष गरी नेपालको आर्थिक विकास निर्माण सम्बन्धी खासगरी ऊर्जाका क्षेत्रको सेरोफेरोमा समुदाय सदस्यहरूले अभिरुचिपूर्ण रूपमा जिज्ञासा राखेका थिए । साथै उनले सबैको जिज्ञासाको उत्तर दिएका थिए ।

कुलमानले सबै भन्दा पहिले  बिद्युत् प्राधिकरणका पूर्व कर्मचारीहरूको उपस्थिति रहेकोले आफ्नो मन्तव्य सुरु गर्दै आफ्नो सफलतामा उनीहरूको योगदान पनि रहेको भन्दै धन्यवाद दिए । त्यसलाई लिएर आफू अगाडी बढेको बताए ।

उनले चिलिमे जलविद्युतमा काम गर्दाको अनुभव सुनाए । उनले त्यहाँका जनतालाई सहभागिता गराउन उनले गरेको भूमिकाको साथै स्थानीयहरूलाई नै रोजगारीमा प्रत्यक्ष संलग्न लगायतको कारण उक्त परियोजना सफल भएको बताए । साथै उनले राम्रो मानिसलाई त्यहाँबाट सरुवा नगरियोस् भन्दै १ महिना हडताल समेत गरेको छोटोमा वर्णन गरे ।

sagar

उनले मन्तव्यकै क्रममा अहिले नेपालमा ९८ प्रतिशत पुगेको र हरेक घरमा बिजुली पुगेको जानकारी दिए । नेपालमा ६–७ वर्षमा बिद्युत् उत्पादनमा झन्डै ४ गुना वृद्धि भएको र प्रसारण लाइन ८ हजार किमी बनाइएको जनाए । ६–७ वर्ष पहिले ६० प्रतिशत मात्र बिद्युत् पुगेको, लोड सेडीङ्ग ४० प्रतिशत रहेको भन्दै उनले आफूले नेतृत्व लिए पछि बिद्युत् आपूर्ति सँगै ३५–३६ अर्बको घाटामा चलेको प्राधिकरण पहिलो वर्षमै नाफामा पुगेको बताए ।

नेपालमा नाफामा चलेको प्राधिकरण हुनाले अब बिद्युत् प्राधिकरणले शेयर वितरण गर्ने योजना तयारी भई रहेकोले १० प्रतिशत विदेशमा बस्ने नेपालीहरूको लागि अर्थात् नेपालमा लगानी गरी रहेकाहरूलाई समेत छुट्ट्याइने भएको उनले बताए । अहिले नेपालमा बिद्युत् जडान गरे पछि ३० रुपैयाँ तिर्नु पर्ने हुनाले मानिसहरू घरमा नभएता पनि बत्ती बलि रहने प्रसङ्गको चर्चा गरे । भारतलाई १५ अर्बको बिद्युत् बेचेको जानकारी दिनुको साथै बङ्गलादेशलाई समेत आपूर्ति गर्ने लक्ष्य रहेको बताए ।

बिद्युत् आयात गर्दा महँगो र निर्यात गर्दा सस्तो पर्ने विषयमा थुप्रै जिज्ञासा रहेकोले १०० प्रतिशत बिद्युत् निर्यात गर्न नसकिने अवस्था रहेको उनले सुनाए  । वर्षाको समय र सुख्खा मौसममा आपूर्तिमा फरक हुन्छ  । वर्षाको समयमा ६० प्रतिशत बिद्युत् खपत गराउने हो, उनले भने ।

kul kh

बिद्युत् प्राधिकरणले ठुला परियोजना अगाडि बढाएको भन्दै माथिल्लो अरुणको लागि विश्व बैङ्कको करिब ८०० मिलियन ,जाइकाको ३०० मिलियन ,एडिबीले नेतृत्व गरेर करिब २ बिलियन डलरको सहयोग हुने उनले बताए ।

अन्तरक्रिया कार्यक्रमको शुभारम्भ एएनएसका अध्यक्ष सुजित अर्यालले गरेका थिए भने उनले आफ्नो संस्था तथा कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । अन्तरक्रिया कार्यक्रमको समन्वय एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले गरेका थिए भने उनले नै कार्यक्रम सञ्चालन गरे ।

कार्यक्रममा बिद्युत् प्राधिकरणका पूर्व कर्मचारी केशव बरालले  प्राधिकरण कुलमान घिसिङले नेतृत्व लिए पछि नाफामा भएकोमा प्रशंसा गरे । त्यसै गरी न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा सहभागी हुन् आएकी पूर्व राज्य मन्त्री तथा बागमती प्रदेशकी सांसद राधिका तामाङले कुलमान घिसिङलाई चिलिमे बिद्युत् आयोजनामा हुँदै देखि चिनेको भन्दै उनी जस्तो योग्य व्यक्तित्व र काम गर्ने मानिसलाई काम गर्ने वातावरण दिनुपर्छ भन्ने विषयमा वकालत गरेको कुरा स्मरण गराइन । उनले २ पटक बागमती प्रदेश सदस्यमा निर्वाचित भएको भन्दै आशा गरे अनुसार काम  गर्न नसकेता पनि रचनात्मक काम गरेको बताइन्  । 

kul 123

साथै नेपाल सरकारका तर्फबाट सह सचिव विदुर सुबेदी ,अमेरिकी प्रतिनिधि सभाका लागि भर्जिनिया जिल्ला १० क्षेत्रका नेपाली मूलका उम्मेदवार एड्रियन पोखरेल, चिकित्सक मदन उप्रेती ,एएसएनइनजिआरका सागर खड्का (अभियन्ता),मंगलमान महर्जन,नेपालबाट आएकी बिधार्थी नेता आरती लामा लगायतले छोटो मन्तव्य राखेका थिए ।

नेपाली इन्जिनियर्सको तर्फबाट मंगलमान महर्जन र सागर खड्काले सुझाव दिनुको साथै कसरी सम्पर्क गर्ने भन्ने जिज्ञासा राखेका थिए । त्यस्तै चिकित्सक मदन उप्रेतीले आफ्नो पनि जल बिद्युत् परियोजना नेपालमा रहेकोले नेपालमा काम गर्न सरल र कुनै अप्ठ्यारो नपर्ने भन्दै भएको कुलमानको प्रशंसा गरे ।

यसै गरी तामाङ समाज डिसीका पूर्व अध्यक्ष उत्तर डोङ्गले धन्यवाद ज्ञापन गरेका थिए । धन्यवाद ज्ञापन अगाडी दर्शकहरूले जिज्ञासा राखेका थिए भने कार्यकारी निर्देशक कुलमान घिसिङले जवाफ दिएका थिए ।

kul 9

त्यहाँ उपस्थित सबैलाई समय समयमा कार्यक्रम सञ्चालक एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले यथास्थानमा परिचय तथा सम्मान गराएका थिए । कार्यक्रम सञ्चालक स्वयम अधिकारी पनि नेपाल बिद्युत् प्राधिकरणका पूर्व कर्मचारी पनि हुन् ।

अतिथि कुलमान घिसिङ लगायत अन्य अतिथिहरूलाई नेपाली समुदायका क्रियाशील महिलाहरू ग्रेटर तामाङ सोसाइटीका महा सचिव रोजी घिसिङ तामाङ ,न्याककी सुनिता सुबेदी , एएनएचएसकी अध्यक्ष जानुका ओझाले खादा लगाई सम्मान गरेका थिए ।

kul 1ku 4kh

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप