सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शक्तिमानमा रणवीरको काष्टिङको ओरिजिनल शक्तिमानले गरे विरोध

मङ्गलबार, ०६ चैत २०८०, ११ : २९
मङ्गलबार, ०६ चैत २०८०

नयाँ दिल्ली । भारतका पहिलो सुपरहिरो भनेर चिनिन्छन् 'शक्तिमान' । दूरदर्शनमा लामो समयसम्म चलेको धारावाहिक ‘शक्तिमान’मा अभिनेता मुकेश खन्ना शक्तिमानको भूमिका निभाएर चर्चित बनेका थिए । शक्तिमानबारे एउटा फिल्म बन्न लागेको छ । यो फिल्ममा शक्तिमानको रुपमा रणवीर सिंहलाई खेलाइने खबरहरू आइरहेका छन् । यस्तोमा ओरिजिनल शक्तिमानले यसको विरोध गरेका छन् ।  

‘रणवीर सिंह स्टार पावर भए पनि उनी कहिल्यै शक्तिमान बन्न सक्दैनन्,’ मुकेश खन्नाले भनेका छन् । रणवीरको नग्न फोटोशुटलाई केटाकेटीपन भन्दै मुकेशले शक्तिमानको भूमिकामा उनी फिट नहुने बताएका छन् । केही वर्ष अघि रणवीरले न्यूड फोटोशूट गराएका थिए । उनको न्यूड तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल हुनुका साथै विवादित बनेको थियो । ‘सलमान खानले आफ्नो शर्ट फुकाले भने मानिसहरू सिट्टी बजाउँछन्, मैले प्यान्ट खोलिदिँदा मानिसहरूलाई समस्या किन ?’ आफ्नो न्यूड फोटो ट्रोल भएपछि रणवीरले उल्टै प्रश्न गरेका थिए ।

मुकेश खन्नाले आफ्नो युट्युब भिडियोमा यही कुरा उल्लेख गर्दै जवाफ दिएका छन् । उनले भने, ‘हामीलाई यस कुरामा पक्कै पनि समस्या छ ।’ मुकेशले यो भिडियो युट्युबबाट डिलिट गरिदिएका छन् । आफ्नो जीउ देखाउन चाहेको हो भने फिनल्यान्ड र स्पेन जस्ता अन्य देशमा जान उनले रणबीरलाई सुझाव दिएका छन् । ती देशहरुमा हरेक तेस्रो दृश्यमा एउटा न्यूड सिन गर्न पाइने जवाफ उनले दिएका थिए ।

मर्यादामा बस्न सल्लाह

मुकेश खन्नाले रणवीरलाई मर्यादामा बस्न सल्लाह दिएका छन् । ‘हामीहरूलाई यस्ता चिज हेर्ने बानी छैन । तिमी आफ्नो मर्यादामा बस्नु पर्छ,’ मुकेशको भनाइ थियो । रणवीरको न्यूड फोटोसुटलाई केही अभिनेत्रीहरूले भने समर्थन गरेका थिए । । त्यसमा पनि मुकेशले आक्रोश पोखेका थिए । 

अभिनय सिक्स प्याक एब्सले नभएर अनुहारले गर्ने उनको भनाइ थियो । शक्तिमानको सुटिङ सन् २०२५ को मेमा सुरु हुने बताइएको छ । यसमा रणवीरको मुख्य भूमिकामा रहने बताइएको छ । यो फिल्मको निर्देशक बासिल जोसेफले निर्देशन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप