पाकिस्तानमा तालिवानले गर्यो बमबारी
इस्लामावाद । अफगानिस्तानको भूमिमा पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफ तालिबानले दिएको छ । हवाई आक्रमणको जवाफमा तालिबानी सेनाले पाकिस्तानी सैन्य चौकीहरूलाई निशाना बनाएर व्यापक फायरिङ र बमबारी गरेको छ ।
पाकिस्तान र अफगान सेनाबिच सीमामा रक्तपातपूर्ण झडप पनि भएको छ । यसमा केही पाकिस्तानी सैनिक घाइते भएको बताइएको छ । तालिवान नेतृत्वको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो । पाकिस्तानको अशान्त सहरहरूमा भर्खरै भएको आतंकवादी हमलापछि दुई छिमेकी देशहरू बिच वाक युद्ध छेडिएको थियो । यसैबिच दुवैले एक अर्काको क्षेत्रमा जवाफी हमलाको क्रम चलिरहेको छ ।
पाकिस्तानले सोमबार अफगानिस्तानको भित्री क्षेत्रमा हवाई हमला गरेको थियो । यसमा तीन बालबालिकासहित आठ सर्वसाधारणको मृत्यु भएको थियो । अफगानिस्तानमा पाकिस्तानी हवाई हमलाको जवाफमा तालिबान सीमा बलहरूले भारी हतियारको साथ सीमामा रहेको पाकिस्तानी सैन्य स्थानहरूलाई निशाना बनाएको अफगानी रक्षा मन्त्रालयले बताएको छ । अफगानिस्तानको रक्षा र सुरक्षा बल हुने कुनै पनि आक्रामक कारबाहीको जवाफ दिन तालिबान तयार रहेको र सबै परिस्थितिमा आफ्नो क्षेत्रीय अखण्डताको रक्षा गर्ने पनि मन्त्रालयले बताएको छ ।
खामा प्रेसले स्रोतहरूलाई उद्धृत गर्दै तालिबान सेना र पाकिस्तानी सीमा गार्डहरूबिच डुरान्ड लाइनमा सशस्त्र भिडन्त भएको बताएको थियो । स्थानीय समय अनुसार सोमबार बिहान ७ बजेदेखि झडप सुरु भएको स्थानीय स्रोतले जनाएको छ । पाकिस्तानबाट रकेट आक्रमण भएपछि डाँड पाटनका बासिन्दाले घर छाडेका थिए । पाकिस्तानी वायुसेनाले अफगानिस्तानको खोस्त र पक्तिका प्रान्तमा हवाई आक्रमण गरेपछि तालिबान र पाकिस्तानी सशस्त्र सेनाबिच भिडन्त भएको थियो । तालिवानको आक्रमणमा केही पाकिस्तानी सैनिक घाइते भएको बताइएको छ । अफगान मिडियाका अनुसार पाकिस्तान–अफगानिस्तान सीमाको डुरान्ड लाइनमा रहेको बुर्कीमा तालिबानी सेनाले तोप प्रहार गर्दा कम्तीमा तीन पाकिस्तानी सैनिक घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण