रुस र बेलारुसलाई ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुनबाट रोक
काठमाडौँ । आगामी जुलाईमा आयोजना हुने पेरिस ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडी सहभागी नहुने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रुस र बेलारुसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि गरेको हस्तक्षेपका कारण आईओसीले यस्तो निर्णय लिएको समाचारमा जनाइएको छ । यद्यपि, पेरिस ओलम्पिकमा छनोट भएका रुस र बेलारुसका खेलाडीलाई स्वतन्त्र रूपमा प्रतियोगितामा सहभागिता जनाउन भने रोक लगाइएको छैन ।
तर, यी दुवै देशका खेलाडीले ओलम्पिकको उद्घाटन समारोहमा आफ्नो देशको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन भने पाउने छैनन् । उद्घाटनसँगै ओलम्पिकको समापन समारोहमा पनि खेलाडीले रुस र बेलारुसको झन्डा बोक्न पाउने छैनन् ।
‘उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गर्ने पाउने छैनन् । तर, ओलम्पिकमा छनोट भएका यी दुई राष्ट्रका खेलाडीले स्वतन्त्र रूपमा भने प्रतिस्पर्धा गर्न पाउने छन्,’ आईओसीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण