शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रुस र बेलारुसलाई ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुनबाट रोक

बुधबार, ०७ चैत २०८०, ०९ : ५९
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । आगामी जुलाईमा आयोजना हुने पेरिस ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडी सहभागी नहुने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रुस र बेलारुसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि गरेको हस्तक्षेपका कारण आईओसीले यस्तो निर्णय लिएको समाचारमा जनाइएको छ । यद्यपि, पेरिस ओलम्पिकमा छनोट भएका रुस र बेलारुसका खेलाडीलाई स्वतन्त्र रूपमा प्रतियोगितामा सहभागिता जनाउन भने रोक लगाइएको छैन ।

तर, यी दुवै देशका खेलाडीले ओलम्पिकको उद्घाटन समारोहमा आफ्नो देशको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन भने पाउने छैनन् । उद्घाटनसँगै ओलम्पिकको समापन समारोहमा पनि खेलाडीले रुस र बेलारुसको झन्डा बोक्न पाउने छैनन् ।

‘उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गर्ने पाउने छैनन् । तर, ओलम्पिकमा छनोट भएका यी दुई राष्ट्रका खेलाडीले स्वतन्त्र रूपमा भने प्रतिस्पर्धा गर्न पाउने छन्,’ आईओसीले भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप