शालिन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जना धरौटीमा रिहा
काठमाडौँ । शालिन पोखरेललाई आत्महत्या दुरुत्साहन गरेको कसुरमा पक्राउ परेका प्रिन्सिपल सहित ३ जना धरौटीमा छुटेका छन् ।
भरतपुर स्थित शिशु निकेतन स्कुलका प्रिन्सिपल रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय प्रिन्सिपल बालहरि देवकोटालाई अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । अर्का आरोपी ४० वर्षीय किरण बहादुर अधिकारीसँग ५ लाख र ४८ वर्षका कमल शर्मा पौडेलसँग अदालतले ५ लाख धरौटी माग गरेको थियो । उनीहरू भाइस प्रिन्सिपल र होस्टेलको वार्डेन हुन् ।
उनीहरू धरौटी बुझाएर थुनामुक्त भएको चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले रातोपाटीलाई बताए । पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिए पनि सो कसुरमा प्रमाण नजुटेपछि सरकारी वकिल कार्यालयले आत्महत्या दुरुत्साहन मुद्दा अदालतमा दर्ता गरेको थियो ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण