सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

शालिन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जना धरौटीमा रिहा

बुधबार, ०७ चैत २०८०, ११ : २६
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । शालिन पोखरेललाई आत्महत्या दुरुत्साहन गरेको कसुरमा पक्राउ परेका प्रिन्सिपल सहित ३ जना धरौटीमा छुटेका छन् ।

भरतपुर स्थित शिशु निकेतन स्कुलका प्रिन्सिपल रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय प्रिन्सिपल बालहरि देवकोटालाई अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । अर्का आरोपी ४० वर्षीय किरण बहादुर अधिकारीसँग ५ लाख र  ४८ वर्षका कमल शर्मा पौडेलसँग अदालतले ५ लाख धरौटी माग गरेको थियो । उनीहरू भाइस प्रिन्सिपल र होस्टेलको वार्डेन हुन् ।

उनीहरू धरौटी बुझाएर थुनामुक्त भएको चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले रातोपाटीलाई बताए । पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिए पनि सो कसुरमा प्रमाण नजुटेपछि सरकारी वकिल कार्यालयले आत्महत्या दुरुत्साहन मुद्दा अदालतमा दर्ता गरेको थियो ।  

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप