राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मानव–वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेस
काठमाडौँ । राष्ट्रिय सभामा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० पेस गरिएको छ ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।
प्रतिवेदन प्रस्तुत गर्दै उनले श्रीलङ्का टापुको बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा रहेको बताए । उनले सगरमाथा प्रदूषण नियन्त्रण समितिको भूमिकालाई प्रवर्द्धन गरी विश्वमा ताजा र नेपालको शानको रूपमा रहेको सगरमाथाको सफाइमा विशेष ध्यान दिनुपर्ने, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी प्रभावकारी नीतिको अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याए ।
मानव र वन्यजन्तु द्वन्द्वको कारण सिर्जित समस्याको दीर्घकालीन समस्या खोज्नुपर्ने बताए । संरक्षित क्षेत्रहरूमा एकीकृत सूचना प्रणाली लागू गर्न, मध्यवर्ती र कोर एरियाबिचको स्पष्ट सीमा निर्धारण हुनुपर्ने, संरक्षित क्षेत्रको सीमाङ्कन जिपीएसका आधारमा निर्धारण गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण