महिन्द्रा उत्सव योजना अन्तर्गत लक्की ड्र विजेता घोषणा
काठमाडौँ । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि ग्रुपले विश्वकर्मा पूजा, दसैँ, तिहार र छठ पूजालाई लक्षित गरी ‘महिन्द्रा उत्सव २०२३’ विशेष योजना लागु गरेको थियो । जस अन्तर्गतका भाग्यशाली विजेतालाई मंगलबार बम्पर पुरस्कारहरू विजेता घोषणा गरिएको छ ।
लक्की ड्रमा वीरगन्ज निवासी आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी, बिर्तामोड निवासी मिसेक फयाकले जावा –फोर्र्टी टु मोटरसाइकल र चरिकोटबाट देवकोटा निर्माण सेवा प्रा.लीले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेका छन् ।
यसका साथै, ३ भाग्यशाली विजेताहरूलाई स्थानीय कार्यक्रममार्फत उपहार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।
उक्त कार्यक्रममा महिला राष्ट्रिय भलिबल खेलाडी सरस्वती चौधरी, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्क्षित राय, महिन्द्रा र महिन्द्रा लास्ट माइल मोबिलिटी का प्रतिनिधि दीपक कुमार, अग्नि ग्रुपका उपनिर्देशक बरदान बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण