चीनमा सुरुङ मार्गभित्र बस दुर्घटना : १४ जनाको मृत्यु, ३७ घाइते
बेइजिङ । उत्तरी चीनमा द्रुतसेवाको सुरुङ मार्गभित्र बस दुर्घटना भएको छ । सो दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
अधिकारीका अनुसार ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले जीवित व्यक्तिहरूको अवस्थाको गम्भीरताको बारेमा विवरण प्रदान नगरी छुट्टै रिपोर्टमा मारिएका र घाइतेहरूको सङ्ख्या पुष्टि गरेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
गत वर्षको फेब्रुअरीमा मध्य हुनान प्रान्तमा कुहिरो लागेको रातिमा एक सवारी साधन दुर्घटना भएपछि पछिबाट आएका दर्जनौँ गाडी उक्त गाडीसँग ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । त्यसको एक महिना अघि पूर्वी जियाङ्सी प्रान्तमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण