परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ फागुन ११ गते चीनको भ्रमणमा जाने भएका छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यो निमन्त्रणा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदलाई नै आएको थियो तर उनी जान नपाएपछि अहिले मन्त्री श्रेष्ठ त्यसमा जान लागेका हुन् । परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार मन्त्री श्रेष्ठको यो भ्रमण ‘गुडविल भ्रमण’ हो, भ्रमणको कुनै खास एजेण्डा छैन । चीनमा भ्रमणको क्रममा मन्त्री श्रेष्ठले त्यहाँका विदेश मन्त्री वाङ यीसँग भेटघाट गर्नुको साथै चैत १३ गते लगानी सम्मेलनको बारेमा त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
चैत १३ गते त्यही बोआओ सम्मेलन पनि हुँदैछ । नेपाल त्यसको संस्थापक सदस्य हो । तर त्यसमा परराष्ट्र मन्त्री श्रेष्ठ सहभागी हुनेछैनन् । परराष्ट्र मन्त्री श्रेष्ठ चीन जाने चर्चा चलेपछि उनी बोआओ सम्मेलनमा नै सहभागी हुने कुरा आएको थियो तर उनी सो कार्यक्रममा सहभागी नहुने परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने, ‘मन्त्री श्रेष्ठ बोआओ सम्मेलनमा सहभागी हुन लागि त्यहाँ जान लाग्नुभएको होइन । त्यो छुट्टै कार्यक्रम हो ।’ त्यसको बारेमा पछि जानकारी गराइने उनले बताए ।
चैत १८ गतेसम्म चीनको विभिन्न सहरको घुमघाम तथा कार्यक्रममा सहभागी हुनुको साथै मनोसरोवरको यात्रा पनि गर्ने परराष्ट्र स्रोतले जनाएको छ । उनी चैत १९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण