वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी
काठमाडौँ । पोल्याण्ड पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्वत फलेवास नगरपालिका-२ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सापकोटाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाई प्रतिष्ठित प्याकिङ कम्पनीमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-३१ बाट पक्राउ गरेको हो ।
यता ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी गौशाला नगरपालिका-१२ घर भई काठमाडौँ महानगरपालिका-६ बौद्ध बस्ने २३ वर्षीय निशेष कुमार मोक्तान र गोरखा धार्चे गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-३ बसुन्धारा बस्ने २० वर्षीया विनीता गुरुङ रहेका छन् ।
उनीहरूले १२ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाई प्रतिष्ठित कृषी कम्पनीमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले निशेषलाई काठमाडौँ बौद्धबाट र विनीतालाई काठमाडौँ बसुन्धाराबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण