लगानी सम्मेलनमा सहभागिताका लागि जर्मनीलाई आग्रह
काठमाडौँ । नेपालले तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागिता जनाउन र नेपालमा थप लगानीका सम्भावनाहरू खोज्न जर्मनलाई आग्रह गरेको छ ।
नेपाल–जर्मनी द्विपक्षीय परामर्श संयन्त्रको हिजो सम्पन्न तेस्रो बैठकमा सो आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयको युरोप अमेरिका डिभिजनका डिभिजन प्रमुख एवं सहसचिव गणेशप्रसाद ढकाल र जर्मनीको सङ्घीय वैदेशिक कार्यालयका इन्डो–प्यासिफिक नीति, दक्षिण एसिया, अफगानिस्तानका निर्देशक एरिक कुर्जवेलले नेतृत्व गरेका थिए ।
बैठकमा सहसचिव ढकालले नेपालले अपनाएको व्यवसायमैत्री नीतिबारे जानकारी गराउँदै आगामी तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागिता जनाउनुको साथै थप लगानीका सम्भावनाहरू खोज्न आग्रह गरेका थिए ।
सहसचिव ढकालले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेको प्रशंसा गर्दै अगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गरेको धारणा राखेका थिए ।
निर्देशक कुर्जविलले जर्मन विकास सहायता अन्तरर्गत नेपालमा भइरहेको विकास सहयोगका बारेमा जानकारी गराएका थिए ।
दुवै पक्षले विभिन्न बहुपक्षीय फोरमहरूमा जलवायु परिवर्तनलगायत साझा चासोका विषयमा मिलेर काम गर्न सहमत भएका छन् । सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्ने, जनता–जनताबीचको सम्पर्क अभिवृद्धि गर्ने लगायतका विषयमा दुवै पक्ष बिच छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण