आइतबार परेको विश्व क्षयरोग दिवस शुक्रबार किन मनाइँदै छ ?
बिहीबार, ०८ चैत २०८०, १५ : ०२

काठमाडौँ । शुक्रबार विश्व क्षयरोग दिवस मनाइँदै छ । हरेक वर्ष मार्च २४ मा मनाइने दिवस क्षयरोग दिवस यस वर्ष भने मार्च २२ मनाइँदै छ ।
मार्च २३ मा शनिबार र २४ आइतबार होली पर्वको सार्वजनिक बिदा परेकाले मार्च २२ (चैत ९)गते मनाइन लागिएको हो । हरेक वर्ष जनचेतनाका लागि यो दिवस मनाइँदै आएको छ ।
यो वर्ष 'हो १ हामी क्षयरोग अन्त्य गर्छौ !' भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका डा. नवीन प्रसाद शाहीले जानकारी दिए ।
नेपालमा पछिल्लो पटक ३७ हजार ४४७ जनामा क्षयरोग देखिएको छ । क्षयरोग अन्त्यको लागि देशव्यापी रूपमा ' क्षयरोग मुक्त नेपाल अभियान' सुरुवात भएको छ । यो अभियानमा १२५ स्थानीय तहमा क्षयरोग पहिचान, निदान र उपचार सेवा दिइँदै आएको छ । यो अभियानलाई ७५३ स्थानीय तहमा पुर्याउने लक्ष्य केन्द्रले राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
अक्षय र अरशदलाई उच्च अदालतबाट राहत
-
रोमाञ्चक फाइनलमा पुनरागमन गर्दै अल्काराजलाई फ्रेन्च ओपनको उपाधि
-
प्रशिक्षकप्रति विश्वास गुमेको भन्दै लेवान्डोस्कीद्वारा राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा
-
‘यो करियर बनाउने समय हो, प्रेम गर्ने होइन’