आइतबार परेको विश्व क्षयरोग दिवस शुक्रबार किन मनाइँदै छ ?
बिहीबार, ०८ चैत २०८०, १५ : ०२
काठमाडौँ । शुक्रबार विश्व क्षयरोग दिवस मनाइँदै छ । हरेक वर्ष मार्च २४ मा मनाइने दिवस क्षयरोग दिवस यस वर्ष भने मार्च २२ मनाइँदै छ ।
मार्च २३ मा शनिबार र २४ आइतबार होली पर्वको सार्वजनिक बिदा परेकाले मार्च २२ (चैत ९)गते मनाइन लागिएको हो । हरेक वर्ष जनचेतनाका लागि यो दिवस मनाइँदै आएको छ ।
यो वर्ष 'हो १ हामी क्षयरोग अन्त्य गर्छौ !' भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका डा. नवीन प्रसाद शाहीले जानकारी दिए ।
नेपालमा पछिल्लो पटक ३७ हजार ४४७ जनामा क्षयरोग देखिएको छ । क्षयरोग अन्त्यको लागि देशव्यापी रूपमा ' क्षयरोग मुक्त नेपाल अभियान' सुरुवात भएको छ । यो अभियानमा १२५ स्थानीय तहमा क्षयरोग पहिचान, निदान र उपचार सेवा दिइँदै आएको छ । यो अभियानलाई ७५३ स्थानीय तहमा पुर्याउने लक्ष्य केन्द्रले राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण