१८ महिनामा दोस्रोपटक मन्दीमा गयो न्यूजिल्यान्ड
बिहीबार, ०८ चैत २०८०, १६ : ४१
वेलिङ्टन । न्यूजिल्यान्डको अर्थतन्त्र मन्दीमा गएको छ । पछिल्लो जीडीपी तथ्यांकले सन् २०२३ को अन्तिम त्रैमासमा अर्थतन्त्र खुम्चिएको पुष्टि गरेको छ । योसँगै १८ महिनामा दोस्रो पटक त्यहाँको अर्थतन्त्र मन्दी गएको हो ।
बिहीबार न्यूजिल्यान्डको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार डिसेम्बर त्रैमासमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले खुम्चिएको छ । सेप्टेम्बर त्रैमासमा पनि अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले खुम्चिएको थियो । योसँग अर्थतन्त्र प्राविधिक भाषामा आर्थिक मन्दीमा गएको छ ।
गएको पाँच त्रैमासमध्ये चार वटा त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक रहेको तथ्याङ्क कार्यालयले बताएको छ । केन्द्रीय बैंकले अर्थतन्त्र सुस्ताउने अनुमान गरिरहेको समयमा अर्थशास्त्रीहरूले अर्थतन्त्र झिनो अंकले खुम्चने वा झिनो दरमा बढ्न सक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण