रक्सी पिएर काममा गएका पाइलटलाई १० महिनाको जेल सजाय
लन्डन । डेल्टा एयरलाइन्सका एक जना पाइलटलाई १० महिनाको जेल सजाय सुनाइएको छ । स्कटल्यान्डको एडिनबर्ग विमानस्थलमा ड्युटीमा रहेका बेलामा ६३ वर्षीय पाइलट रक्सीको सुरमा थिए । अदालतको विज्ञप्तिअनुसार यो घटना सन् २०२३ को जुन १६ को बिहानको हो । पाइलट अमेरिकी नागरिक लरेन्स रसेल जुनियरले उक्त दिन एडिनबर्गबाट न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलबिच उडान गर्नुपर्ने थियो ।
उनको रगत परीक्षण गर्दा कानुनले दिएको सीमाभन्दा बढी मात्रामा रक्सी भेटियो । विमानस्थलमा पुग्दा उनको झोलामा २ बोतल रक्सी थियो । दुईमध्ये एउटामा आधा मात्रै रक्सी थियो । पाइलट रक्सीको सुरमा भएकोले उडान रद्द गर्नुपर्यो । रसेलले जागिर पनि गुमाए । यो घटनाबारे आफूहरू सचेत रहेकोले छानबिन अवधिभर पाइलटलाई बर्खास्त गरिएको डेल्टा एयरलाइन्सका प्रवक्ताले भनेका छन् ।
उक्त घटनापछि प्रभावित यात्रीहरूसँग कम्पनीले माफी मागेको थियो । अदालतमा न्यायाधीशले झोलामा दुई बोतल रक्सी भेटिएको र एउटा बोतलमा आधा रक्सी भेटिएको भनेर सोध्दा पाइलटले आफूले अघिल्लो रात रक्सी पिएको स्वीकारेका थिए । पाइलटले बिहान काममा आउँदा ब्रेथ टेस्टमा फेल भएको समेत बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण