शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सी पिएर काममा गएका पाइलटलाई १० महिनाको जेल सजाय

बिहीबार, ०८ चैत २०८०, १८ : ०७
बिहीबार, ०८ चैत २०८०

लन्डन । डेल्टा एयरलाइन्सका एक जना पाइलटलाई १० महिनाको जेल सजाय सुनाइएको छ । स्कटल्यान्डको एडिनबर्ग विमानस्थलमा ड्युटीमा रहेका बेलामा ६३ वर्षीय पाइलट रक्सीको सुरमा थिए । अदालतको विज्ञप्तिअनुसार यो घटना सन् २०२३ को जुन १६ को बिहानको हो । पाइलट अमेरिकी नागरिक लरेन्स रसेल जुनियरले उक्त दिन एडिनबर्गबाट न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलबिच उडान गर्नुपर्ने थियो ।

उनको रगत परीक्षण गर्दा कानुनले दिएको सीमाभन्दा बढी मात्रामा रक्सी भेटियो । विमानस्थलमा पुग्दा उनको झोलामा २ बोतल रक्सी थियो । दुईमध्ये एउटामा आधा मात्रै रक्सी थियो । पाइलट रक्सीको सुरमा भएकोले उडान रद्द गर्नुपर्‍यो । रसेलले जागिर पनि गुमाए । यो घटनाबारे आफूहरू सचेत रहेकोले छानबिन अवधिभर पाइलटलाई बर्खास्त गरिएको डेल्टा एयरलाइन्सका प्रवक्ताले भनेका छन् ।

उक्त घटनापछि प्रभावित यात्रीहरूसँग कम्पनीले माफी मागेको थियो । अदालतमा न्यायाधीशले झोलामा दुई बोतल रक्सी भेटिएको र एउटा बोतलमा आधा रक्सी भेटिएको भनेर सोध्दा पाइलटले आफूले अघिल्लो रात रक्सी पिएको स्वीकारेका थिए । पाइलटले बिहान काममा आउँदा ब्रेथ टेस्टमा फेल भएको समेत बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप