श्रममन्त्री अर्यालले गरे वैदेशिक रोजगार कार्यालय ताहचलको अनुगमन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन्। बिहीबार साँझ मन्त्री अर्यालले ताहाचल पुगी कार्यालयको अनुगमन गरेका हुन्।
अनुगमनको क्रममा मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका बिषयमा कर्मचारीसँग जानकारी लिएका थिए। त्यस्तै, श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियाका समस्याको बिषयमा पनि कर्मचारीसँग सोधपुछ गरेका थिए।
श्रममन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यस अघि नै निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि कार्यालयको २० वटा कम्प्यूटर अपटेड गरिएको छ । कर्मचारीलाई तीनवटा सिफ्टमा काम गर्न लगाइएको छ ।
त्यस्तै, श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुनः श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउने मन्त्रालयले तयारी गरेको छ । हालको व्यवस्थाअनुसार संस्थागत श्रम स्वीकृतिको लागि १३ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ ।
त्यस्तै, व्यक्तिगत श्रम स्वीकृतितर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले प्रमाणीकरण गर्ने व्यवस्था छ । तर, अब देखि व्यक्तिगत श्रम स्वीकृति तर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ ।
त्यस्तै, प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिको लागि निश्चित कोटा समेत तोकिने, विदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने, श्रम स्वीकृतिको लागि तोकिएको कोटा हटाइने मन्त्रालयको तयारी छ ।
यसका साथै दिउँसो एक बजेदेखि मात्रै टोकन वितरण गर्ने व्यवस्था गर्ने तयारी गरिएको छ । बिहान नौ बजेदेखि एक बजेको समयमा धेरै जनाले फेमिसको प्रयोग गर्ने हुँदा सर्भर स्लो हुने भएकोले केही दिनका लागि सो अवधिमा टोकन वितरण नगर्ने व्यवस्था गर्ने तयारी गरिएको हो ।
हाल दैनिक एक हजार ५०० देखि दुई हजार श्रमिकले पुनः श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । त्यस्तै, एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेका छन् । कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिन भित्रका कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिइँदै आएको छ । तीन दिनभित्र कागजपत्र नबुझाएका नयाँ टोकन लिनुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण