विराटनगरमा दुर्गा प्रसाईँलाई व्यङ्ग्य गर्दै होली कार्यक्रम
विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई व्यङ्ग्य गर्दै विराटनगरमा होली कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार मारवाडी युवा मञ्च विराटनगरले होलीको पूर्वसन्ध्यामा निकालेको ‘होली अलबेली बरात, स्वांग फेसन शो महा–मेलो’ मा दुर्गा प्रसाईँको अभियानलाई व्यङ्ग्य गरिएको हो ।
प्रदर्शनमा प्रसाईँका सेक्युरिटी गार्डकै नक्कल गरी दुई बडिगार्ड राखिएको छ । गार्डको नाम ‘हावा गार्ड’ राखिएको छ । उनीहरूलाई नक्कली हतियारसमेत बोकाइएको छ ।
प्रसाईँले मारवाडी समुदायमाथि विभिन्न लाञ्छना लगाउने र बदनाम गर्ने काम गरेका कारण उनको विरोधमा व्यङ्ग्यात्मक कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।
विराटनगरस्थित ट्राफिक चोकबाट निकालिएको ‘होली अलबेली बरात’ मेनरोड हुँदै गोल्छा चोक, पण्डित मेघराज मार्ग, दाजुको चिया अतिथि सदनको पछाडि गेटबाट प्रवेश भएको छ । सोही अवसरमा स्वांग फेसन शो तथा महामेला भएको मारवाडी युवा मञ्च विराटनगरका अंकित मारुले जानकारी दिए ।
उनका अनुसार स्वांग फेसन शोमा जोकर, विभिन्न जनावरका आकृति भएका पहिरन, मनोरञ्जनका लागि विभिन्न पहिरन लगाएका छन् । कार्यक्रममा विराटनगरका मारवाडी समुदायको बाक्लो उपस्थिति छ ।
यस वर्षको होली चैत ११ गते पहाडमा र १२ गते तराईमा मनाइने छ । होलीको पूर्वसन्ध्यामा मारवाडी समुदायले एक हप्ता अगाडिदेखि नै विभिन्न कार्यक्रम गरिरहेका छन् ।
हेरौँ तस्बिरहरुः
_GBw5cIYmu1.jpg)
_dbpzYDIfuu.jpg)
_xUUiJXquxJ.jpg)
_hAIxbhrIdS.jpg)
_oCzrCe0xAe.jpg)
_sUiuma26VW.jpg)
_sxUpJY5tlh.jpg)
_tdUZihIiPe.jpg)
_V70Mqcf0IU.jpg)
_WGFE0H7fit.jpg)
_JB5wY0AKjH.jpg)
_KBWXbv8T39.jpg)
_Om9JWuMagD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण