ऐलानी जग्गा खोज्दै विराटनगर महानगर
विराटनगर । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ । विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर–११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाँच गरिएको छ ।
वर्षौँदेखि बेवारिसे अवस्थामा रहेको सो जग्गा महानगरको भएको निष्कर्षसहित नापजाँच गरी छुटाइएको वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिP । विराटनगरभित्र रहेका ऐलानी जग्गा नापजाँच गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर कोइरालाले बताए ।
महानगरको स्वामित्वको सो जग्गामा उचित संरचना निर्माण गरेर प्रयोगमा ल्याइने कोइरालाको भनाइ थियो । वडाध्यक्ष नेउपानेका अनुसार नापजाँचपछि सो ठाउँमा चार कठ्ठा जग्गा ऐलानी भएको पाइएको छ । नापजाँचपछि चार किल्ला गाडिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण