शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा फागु वैरिया मेला महोत्सव सुरु

शनिबार, १० चैत २०८०, १० : २६
शनिबार, १० चैत २०८०

रौतहट । अङ्ग्रेज सेनालाई युद्धमा हराएको सम्झनामा रौतहटको ऐतिहासिक भूमि समनपुरमा शुक्रवारदेखि फागु वैरिया मेला महोत्सव सुरु भएको छ । अङ्ग्रेज युद्धसँग सम्बन्धित रहेको जिल्लाको  गढीमाई नगरपालिका १ समनपुरमा प्रत्येक वर्ष लाग्दै आएको ऐतिहासिक फागु वैरिया मेला महोत्सव शुक्रवारदेखि सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि रौतहट निर्वाचन क्षेत्र ४ का सङ्घीय सांसद देव प्रसाद तिमल्सिनाले एक कार्यक्रमका बिच समनपुर फागु वैरिया मेला महोत्सवको उद्घाटन गरेका थिए। 

महोत्सव उद्घाटन सत्रमा जनप्रतिनिधिको साथै नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । मेला उद्घाटन गर्न आएका सांसद तिम्सिनालाई गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

उद्घाटन समारोहमा प्रदेश सांसद तथा राज्यमन्त्री अबुल कलाम आजाद,मेयर यादव, बिरदल गण गौरका प्रमुख कर्णेल गङ्गा बहादुर बिष्ट,उपमेयर, वडा अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।

शुक्रवार देखि सुरु भएको मेला ५ दिनसम्म अर्थात होली पर्वको भोलिपल्टसम्म लाग्ने बताइएको छ । कुनै समय नेपाल र अङ्ग्रेजबिच भएको युद्धमा समनपुरवासीले अङ्ग्रेजलाई परास्त गरेको सम्झनामा समनपुरमा प्रत्येक वर्ष यसै समयमा मेला लाग्दै आएको छ । सोही समय देखि समनपुरलाई लडईया समनपुर समेत भन्ने गरिन्छ।

सन् १८१४(१६ मा नेपाल(अङ्ग्रेजबिच भएको युद्धमा स्थानीय समनपुरबासीले अङ्ग्रेजलाई धपाएको थियो भने धेरै हातहतियार समेत खोसेको इतिहास छ । सोही घटनाको सम्झनामा बर्सेनि लाग्ने समनपुरमा लाग्ने मेलामा विभिन्न गाउँ र सर्लाही जिल्लाबाट सर्वसाधारण पुग्ने गरेका छन् । 

सर्लाही र रौतहटका विभिन्न गाउँबाट हजारौँ पसले तथा विभिन्न खेलतमासा मेलामा पुगेका छन् । होलीका सरसामान किन्नेहरूका लागि मेला पहिलो रोजाइमा पर्ने देखिएको छ । मेलामा होलीका लागि अत्यावश्यक सरसामान किन्नुपर्ने भएकाले मेलामा आउनेहरूको सङ्ख्यामा वृद्धि भएको एक जना वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप