ग्लोबल मनी विकका अवसरमा कामना सेवाको डिजिटल वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ । कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी विक २०२४ को उपलक्ष्यमा शनिबार बुटवलका उद्योगी व्यापारीहरूलाई लक्षित गरि डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधि गरी १५० जनाको उपस्थिति रहेको थियो ।
बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख रञ्जित सिंह राठोरको प्रमुख आतिथ्य रहेको थियो । लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरू तथा विभिन्न संघका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा बैंकका कानुन विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले प्रस्तुतीकरण गरेका थिए ।
आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाइन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो । डिजिटल वित्तीय साक्षरता कार्यक्रम बैंकका बुटवल क्षेत्रको प्रमुख खीमलाल भुसालको सञ्चालनमा भएको थियो भने व्यापार संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले यस्तो डिजिटल वित्तीय साक्षरता कार्यक्रम निकै उपयोगी रहेकोले बैंक प्रति आभार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण